फिटबिट एस३ मार्च १५ मा सार्वजनिक हुँदै

Technology Khabar २३ फाल्गुन २०७७, आईतवार

फिटबिट एस३ मार्च १५ मा सार्वजनिक हुँदै

काठमाडौं ।

स्मार्ट ब्याण्ड निर्माता कम्पनी फिटबिटले आउँदो मार्च १५ मा फिटबिट एस ३ सार्वजनिक गर्ने भएको छ।

जर्मन ब्लग विनफ्युचरका अनुसार २ वर्षअघि अर्थात् २०१९ को मार्चमा बालबालिकाका लागि लक्षित गरेर फिटबिट एस२ निकालेको कम्पनीले त्यसैको अपग्रेडेड भर्जन सार्वजनिक गर्ने भएको हो।

विनफ्युचरले एस३ का केही तस्बिरहरु पनि राखेको जसबाट यो एस२ जस्तै दुई रंगमा उपलब्ध हुने आकलन गर्न सकिन्छ।

फिटबिट एस३ मा २४०x२४० पिक्सेल रेजोल्युशन भएको १.४७ इन्चको ओएलईडी स्क्रीन रहनेछ भने यसले एनिमेटेड क्लक फेसहरु सपोर्ट गर्नेछ

नयाँ सार्वजनिक हुने एस३ मा एउटा फिजिकल होम बटन हुनेछ भने यसको आकार एस२ मा भन्दा कम घुमाउरो हुनेछ।

हेल्थ र फिटनेस ट्रयाकिङका लागि यसमा पेडोमिटर, स्लीप मोनिटर तथा रनिङ हाइकिङ र साइक्लिङजस्ता स्पोर्ट्स मोडहरु उपलब्ध हुनेछन्। तर यसमा हार्ट रेट मोनिटर भने रहने छैन।

एण्ड्रोइड र आईओएस कम्प्याटिबल

यो एण्ड्रोइड र आईओएस दुवै अपरेटिङ सिस्टम चल्छ भने यसमा स्टोर भएको हेल्थ वा स्पोर्ट्ससम्बन्धी डाटा फिटबिट एपमा हेर्न सकिन्छ।

यसको बडी प्लास्टिकले बनेको छ भने यसको तैल ७० ग्राममात्र छ। यसका स्ट्रयापहरु निकाल्न र फेर्न मिल्ने खालका छन् भने यो एस२ जस्तै ५० मिटरसम्म वाटर रेजिस्टेन्ट (पानी नछिर्ने) हुने अपेक्षा गरिएको छ।

यसको ब्याट्री क्षमताका बारेमा यकिन नभए पनि स्रोतका अनुसार यसको ब्याट्री २ घण्टामा फुल चार्ज हुने र कम्तीमा ८ दिनसम्मको ब्याकअप दिनेछ।

यो ब्ल्याक-रेड र ब्लु-ग्रीन गरी दुई रंगमा उपलब्ध हुनेछ। हालसम्म यसको मूल्य यकिन भैसकेको छैन।

easy care

प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार