सिंगापुर एअरलाइन्सका ५ लाख ८० हजार यात्रुहरुको विवरण चोरी

Technology Khabar २१ फाल्गुन २०७७, शुक्रबार

सिंगापुर एअरलाइन्सका ५ लाख ८० हजार यात्रुहरुको विवरण चोरी

काठमाडौं ।

सिंगापुर एअरलाइन्सले आफ्ना ५ लाख ८० हजार यात्रुहरुको विवरण चोरी भएको छ।

एअरलाइन्सका अनुसार यस घटनाबाट क्रिशफ्लायर तथा पीपीएस मेम्बरसहित गरी ५ लाख ८० हजार जना प्रभावित भएका छन्।

सञ्चारमाध्यममा आएका रिपोर्टहरुका अनुसार यो विवरण चोरीमा एअर ट्रान्सपोर्ट इन्फोर्मेशन टेक्नोलोजी कम्पनीको यात्रु सेवाको सिस्टम सर्भरको हात रहेको छ।

यस घटनामा प्रभावित व्यक्तिका क्रेडिट कार्ड तथ अन्य सम्वेदनशील तथ्य तथा विवरणहरु भने सुरक्षित रहेको बताइएको छ।

एसआईएका अनुसार यस घटनामा विशेषगरी क्रिशफ्लायर तथा पीपीएस मेम्बरहरुको पासवर्ड, क्रेडिट कार्ड डिटेलका साथै ट्राभल डिटेल, रिजर्भेशन, टिकेटिङ पासपोर्ट नम्बर र इमेलजस्ता विवरणहरु चोरी भएका छन्।

सामान्यतया यात्रुहरुका यस्ता सम्वेदनशील जानकारीहरु अन्य स्टार एलाएन्स तथा मेम्बर एलाएन्ससँग शेयर गरिँदैन।

स्टार एलाएन्स र मेम्बर एलाएन्सबीच सीमित डाटा मात्र शेयर हुन्छ।

सबै स्टार एलाएन्स र मेम्बर एलाएन्सबीच सहकार्यमा सहज होस् भनेर फ्रिक्वेन्टली फ्लायर डाटा प्रोग्रामका केही जानकारी एक आपसमा शेयर गर्ने गरिन्छ।

एसआईएका अनुसार यो डाटा ट्रान्सफर यात्रुहरुको मेम्बरशिप लेभल भेरिफाइ गर्नका लागि आवश्यक पर्दछ।

एसआईइले यात्रुसँग माफी माग्यो

एसआईएले आफ्नो कुनै पनि आईटी सिस्टममा कसैले पहुँच नराखेको र उसले आफ्ना सबै क्रिशफ्लायर तथा पीपीएस मेम्बरहरुलाई यसबारे जानकारी दिइराखेको जनाएको छ।

easy care

प्रकाशित: २१ फाल्गुन २०७७, शुक्रबार