माइक्रोसफ्ट टिम्समा इन्ड-टू-इन्ड एनक्रिप्सनको सुबिधा, १ हजार जनासँग एकैपटक कुरा गर्न सकिने

Technology Khabar १९ फाल्गुन २०७७, बुधबार

माइक्रोसफ्ट टिम्समा इन्ड-टू-इन्ड एनक्रिप्सनको सुबिधा, १ हजार जनासँग एकैपटक कुरा गर्न सकिने

काठमाडौं ।

माइक्रोसफ्टको टिम्समा इन्ड टू इन्ड एनक्रिप्सनलगायत केही नयाँ फिचरहरु अपडेट भएका छन् । यसका साथै टिम्समा एकैपटकमा १ हजार जना जोडिन सक्ने भएका छन् ।

कम्पनीले इग्नाइट २०२१ इभेन्टमा नयाँ फिचरहरुको घोषणा गरेको हो । जसमा मुख्यगरि १ हजार जना सहभागी हुनसक्ने फिचर महत्वपूर्ण रहेको छ ।

अपडेटपछि अब टिम्समा एकैचोटि १ हजारसँग मिटिङ बस्न मिल्नेछ । त्यस्तै सहभागीहरुले मिटिङ पछि वेबिनार कस्तो भयो भनेर पनि प्रतिक्रिया दिन पाउने छन् भने इन्टेलिजेन्स स्पीकरको समेत व्यवस्था गरेको छ ।

त्यसैगरी यसमा नयाँ च्यानलमा ब्रोडकास्ट फिचर सुबिधा पनि छ । टिम्समा अब भ्यूओन्ली ब्रोडकास्ट मोड पनि हुनेछ, जसले १० हजार सहभागी सम्मलाई सपोर्ट गर्नेछ । जुन ३०, २०२१ सम्म यो फिचरले २० हजार सहभागीलाई सपोर्ट गर्नेछ ।

कम्पनीले टिम्स कनेक्टको फिचर पनि ल्याउँदैछ जसले गर्दा आफ्नो संस्था भन्दा बाहिरको मान्छेसँग पनि च्यानल सेयर गर्न सकिन्छ ।

माइक्रोसफ्टले पावरप्वाइन्टलाई पनि टिम्ससँग थप एकीकृत गरेको छ भने कस्टमाइज्ड भिडियोको लागि नयाँ प्रिजेन्टर मोड समेत ल्याएको छ। यसमा प्रस्तोताले दर्शकको स्क्रीन कस्तो देखाउने भनेर कस्टोमाइज गर्न सक्नेछन्।

टिम्समा पावरपोइन्ट लाइभको फिचर पनि उपलब्ध भएको छ जसले गर्दा प्रस्तोताले आफ्नो स्पीडमा स्लाइड अगाडि बढाउन सक्नेछन् ।

माइक्रोसफ्टले अब प्रत्ये टिम्स कुराकानीमा इन्ड टू इन्ड एनक्रिप्सन सपोर्ट गर्नेछ, कम्पनीको आइटी विभागसँग कसलाई इन्ड टू इन्ड एनक्रिप्सन दिने भनेर निर्णय गर्ने अधिकार हुने माइक्रोसफ्टले बताएको छ । एजेन्सीका साथ

easy care

प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार

ताजा समाचार