नेपाली फिल्म पाईरेसी गरेर सामाजिक सञ्जालमा अपलोड गरेको आरोपमा एक युवक पक्राउ

Technology Khabar १७ फाल्गुन २०७७, सोमबार

नेपाली फिल्म पाईरेसी गरेर सामाजिक सञ्जालमा अपलोड गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं ।

अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ बेशीशहर नगरपालिका २ बस्ने २५ वर्षीय सुजन परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

थ्री सिक्टी वान डिग्री मिडिया प्रालिले सिनेमाघर एपको माध्यमबाट वितरण गरेका नेपाली कथानक चलचित्रहरु परियारले अनधिकृतरुपमा सामाजिक सञ्जालहरुमा अपलोड गरेको आरोप छ ।

थ्री सिक्टी वान डिग्री मिडिया प्रालिले सिनेमाघर एपको माध्यमबाट वितरण गरेका नेपाली कथानक चलचित्रहरु अपरिचित व्यक्तिले ईन्टरनेटको माध्यमबाट अनाधिकृत रुपमा सामाजिक संजाल यूट्युव, टेलीग्राममा अपलोड गरी बजारमा बिक्री वितरण र प्रकाशन गरेको भन्ने उजुरीको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वयमा सुजनलाई पक्राउ गरेको हो ।

सुजन उपर प्रतिलिपी अधिकार ऐन अन्तर्गतको कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएकोमा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको उक्त महाशाखाले जनाएको छ ।

easy care

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार