शाओमीको रेडमी नोट १० सीरीज मार्चको शुरुवातमा लन्च हुने

Technology Khabar २९ माघ २०७७, बिहीबार

शाओमीको रेडमी नोट १० सीरीज मार्चको शुरुवातमा लन्च हुने

काठमाडौं ।

शाओमीको रेडमी नोट १० सीरीज नि:सन्देह २०२१ मा सबैभन्दा प्रत्याशित लाइनअपमध्ये एक हो । यो फोनको बारेमा पछिल्लो दिनमा चर्चाहरु हुँदै आएका छन् ।

र हालै कम्पनीले आधिकारिक रूपमा पुष्टि गरेको छ कि मार्चको शुरुमा रेडमी नोट १० घोषणा हुनेछ। यो फोनको टिजर ट्विटरमा रेडमीको भारतीय शाखाबाट सार्वजनिक गरिएको छ ।पछिल्लो दिनमा शाओमीको लागि भारत प्रमुख बजार रहँदै आएको छ ।

टीजरले आफैँ धेरै जानकारीहरु खुलाएको छैन र केवल यसअघिको रेडमी नोट ९ सिरिज भन्दा ठूलो अपग्रेडको संकेत गर्दछ।

अघिल्ला अफवाहहरूले स्न्यापड्रागन ७५०जी र १०८ मेगापिक्सेलको मुख्य क्यामरामा राखिने संकेत गरेका थिए  तर यस बारेमा अझै स्पष्ट जानकारीहरु आएका छैनन् । त्यसैले अब रेडमी नोट १० सिरिजको लागि मार्च सम्म कुर्नै पर्ने हुन्छ ।

यो पनि हेर्नुस्-

रेडमी नोट १० स्मार्टफोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामरा हुने

easy care

प्रकाशित: २९ माघ २०७७, बिहीबार