शाओमी एमआई १०आई को क्रेज भारतमा बढ्दो, तीन हप्तामै ४ अर्ब भारुको कारोबार

Technology Khabar २१ माघ २०७७, बुधबार

शाओमी एमआई १०आई को क्रेज भारतमा बढ्दो, तीन हप्तामै ४ अर्ब भारुको कारोबार

काठमाडौं ।

शाओमीमो नयाँ फ्ल्यागसिप स्मार्टफोन एमआई १०आईको क्रेज भारतीय बजारमा निकै देखिएको छ । कम्पनीको पछिल्लो लन्च भएको फ्ल्यागसिप स्मार्टफोन एमआई १०आई फाइभजीले भारतमा बिक्रीको नयाँ रेकर्ड बनाएको छ ।

शाओमीले जनवरीमा भारतमा एमआई १० आई सार्वजनिक गरेको थियो । सार्वजनिक भएको तीन हप्ता भित्रमा एमआई १०आई करिब चार अर्ब भारु ( ६ अर्ब ४० करोड रुपैयाँ) बराबरको कारोबार गर्न सफल भएको छ ।

यसको जानकारी शाओमी इन्डियाका हेड मनुकुमार जैनले ट्विटर मार्फत जानकारी दिएका हुन् ।

यसका साथै गुगलमा सन् २०२१ को जनवरीमा भारतमा सबैभन्द सर्च गरिएको स्मार्टफोन पनि एमआई १०आई रहेको छ । यसले पनि भारतीयबीच एमआई १०आई कति लोकप्रिय छ भन्ने अनुमान लगाउन सकिन्छ ।

एमआई १०आईमा ६.६७ इन्च फुल एचडीप्लस डिस्प्ले छ । यसको रिजोलुसन २४०० वाई १०८० पिक्सेल छ । फोनमा स्न्यापड्रागन ७५०जी चिपसेट छ । एमआई १०आई ६ जीबी र ८ जीबी र्याम तथा ६४ जीबी र १२८ जीबी स्टोरेजमा उपलब्ध छ ।

पोको एक्स ३ एनएफसी र एमआई १० आईको फिचर लगभग समान प्रकारका छन् । नेपाली बजारमा एमआई १० आई उपलब्ध छैन् ।

easy care

प्रकाशित: २१ माघ २०७७, बुधबार