चीनको स्मार्टफोन बजारमा अझैपनि ह्वावे नै नम्बर वान, भिभो, ओपो, एप्पल र शाओमीको बजार यस्तो

Technology Khabar १६ माघ २०७७, शुक्रबार

चीनको स्मार्टफोन बजारमा अझैपनि ह्वावे नै नम्बर वान, भिभो, ओपो, एप्पल र शाओमीको बजार यस्तो

काठमाडौं ।

स्मार्टफोन मार्केट रिसर्च कम्पनी क्यानालिसका अनुसार चिनियाँ स्मार्टफोन बजारमा ह्वावे पहिलो स्थानमा नै कायम रहेको छ । सन् २०२० को चौथौ त्रैमासिकमा चीनमा ८४ मिलियन स्मार्टफाने बिक्री भएको थियो । सन् २०१९ को तुलनामा यो ४ प्रतिशत कमि हो ।

सन् २०२० मा चीनभर ३३० विलियन युनिट स्मार्टफोन बिक्री भएको छ । यो स्मार्टफोनको बजार सन् २०१९ को तुलनामा ११ प्रतिशतले घटेको छ ।

चीनमा चौथो त्रैमासिकमा ह्वावेले १८.८ मिलियन युनिट स्मार्टफोन बिक्री गरेको छ । दोस्रो स्थानमा ओपो रहेको छ । यो अवधिमा ओपोले १७.२ मिलियन युनिट स्मार्टफोन बिक्री गर्न सफल भएको छ ।

१५.७ मिलियन युनिट स्मार्टफोन बिक्री गरेर भिभो तेस्रो स्थानमा छ  भने चौथो स्थानमा रहेको एप्पलले १५.३ मिलियन युनिट स्मार्टफोन बिक्री गरेको छ ।

पाँचौ स्थानमा रहेको शाओमीले ५२ प्रतिशत बजार बढाएको छ । शाओमीले १२.२ मिलियन युनिट स्मार्टफोन बिक्री गरेको छ ।

यसअघि केहि दिनअघि सार्वजनिक भएको सीनो(CINNO) रिसर्चको रिपोर्टले समेत ह्वावे अझै चीनमा अग्रस्थानमा रहेको देखाएको थियो ।

easy care

प्रकाशित: १६ माघ २०७७, शुक्रबार