सामसङ ग्यालेक्सी एम२१ मा एन्ड्रोइड ११ अपडेट सुरु

Technology Khabar १६ माघ २०७७, शुक्रबार

सामसङ ग्यालेक्सी एम२१ मा एन्ड्रोइड ११ अपडेट सुरु

काठमाडौं ।

सामसङको बजेट स्मार्टफोन ग्यालेक्सी एम२१ मा एन्ड्रोइड ११ अपडेट सुरु भएको छ । स्मार्टफोनको अपडेट भारतमा रोलआउट भएको हो ।

कम्पनीले सन् २०२१ मार्चमा अपडेट रोलआउट गर्ने पूर्व तयारी गरेको थियो।

नयाँ फर्मवेयर ‘एम२१५एफएक्सएक्सयू२बीयूएसी’ मा वान यूआई३.० को सम्पूर्ण अपडेटका साथै जनवरीको सेक्यूरेटी प्याच पनि उपलब्ध छ । यो अपडेटका लागि १.७ जीबी डाटा डाउनलोड गर्नुपर्ने हुन्छ।

वान यूआई ३.० अपेडट ग्यालेक्सी एम३१ एक हप्ता अघि भारतमा रोलआट गरिएको थियो ।

केहि समय पछि नेपालमा पनि ग्यालेक्सी एम२१ को अपडेट आउनेछ। नेपाली बजारमा सामसङले ग्यालेक्सी एम२१ स्मार्टफोन बिक्री गर्दै आएको छ ।

easy care

प्रकाशित: १६ माघ २०७७, शुक्रबार