एनआईबिएल एस क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता र मेरो सेयर दर्ता गर्न सक्ने

Technology Khabar १६ माघ २०७७, शुक्रबार

एनआईबिएल एस क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता र मेरो सेयर दर्ता गर्न सक्ने

काठमाडौं ।

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले एनआईबिएल एस क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता र मेरो सेयर दर्ता गर्न सक्ने भएका छन् ।

नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले माघ १५ गतेदेखि विद्युतिय प्रणाली मार्फत डिम्याट खाता साथै मेरो सेयरदर्ता सेवा सुचारु गरेको हो ।

क्यापिटलले आफ्ना सेवा प्रवाहलाई झन्झटरहित सरल एवं सहज बनाउने उद्देश्यसहित हितग्राही खाता (डिम्याट खाता) खोल्न तथा मेरो सेयरदर्ता विधुतीय प्रणाली (अनलाइन) मार्फत गर्न सकिने व्यवस्था मिलाएको हो ।

यसअघि कम्पनीले विद्युतीय प्रणाली (अनलाइन) मार्फत एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना एनआईबिएल म्युचुअल फण्ड) का ईकाईहरु खरिद गर्न सक्ने व्यवस्था गरिसकेको छ । साथै, आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीले आगामी दिनमा पनि विद्युतीय प्रणालीबाट आफ्ना सेवा/सुविधाहरु उपलब्ध गराउँदै जाने जानकारी गराएको छ ।

easy care

प्रकाशित: १६ माघ २०७७, शुक्रबार