टिकटकको विकल्प बन्दै यूट्युब शर्ट्स, भिडियो शेयरिङ्ग एपमा दैनिक ३.५ बिलियन भ्यूज

Technology Khabar १४ माघ २०७७, बुधबार

टिकटकको विकल्प बन्दै यूट्युब शर्ट्स, भिडियो शेयरिङ्ग एपमा दैनिक ३.५ बिलियन भ्यूज

काठमाडौं ।

टिकटकको बढ्दो लोकप्रियता र भारतसहित केहि मुलुकमा प्रतिबन्ध भएसँगै यसको विकल्पका रुपमा धेरै एप निर्माण भएका छन् । यसैबिचमा  युट्युबले पनि छोटो भिडियो एप शर्ट्समा काम गरिरहेको छ।

युट्युबले आफ्नो छोटो भिडियो एप शर्ट्सको टेस्टिङमा काम गरिरहेको छ। टेस्टिङका लागि भारतीय बजारमा यो एप उपलब्ध गराइसकिएको छ ।

निकट भविष्यमै कम्पनी यस एपलाई अन्य देशमा पनि सार्वजनिक गर्ने तयारीमा छ । ग्लोबली सार्वजनिक हुनुपूर्व युट्युबको शर्ट्स एप प्रयोगकर्ताबीच लोकप्रिय भइरहेको छ । यो एपले हाल दैनिक ३.५ बिलियन भ्यू पाईरहेको छ।

रिर्पोटका अनुसार युट्युबका सीईओ सूसन ओजोसीकीले दिएको जानकारी अनुसार विश्वभर यूट्युबको शर्ट्स भिडियो एपले ३.५ बिलियन भ्यू पाइरहेको छ । यो वर्ष भित्रै यो एप विश्वका कयौं देशमा रोलआउन गरिने पनि उनले जानकारी दिइन् ।

यूटुयुब शर्ट्स एप २०२० को सेप्टेम्बरमा सबैभन्दा पहिले भारतमा सार्वजनिक गरिएको थियो । छिट्टै नै कम्पनीले शर्ट्स एपलाई यूट्युबसँग जोड्ने योजना बनाएको छ । त्यसपछि प्रयोगकर्ताले यूट्युबमै शर्ट्स एपको भिडियो देख्न पाउनेछन् ।

हाल यूट्युब शर्ट्स एप बीटा भर्जनमा उपलब्ध छ । यसमा प्रयोगकर्ताले ६० सेकेन्डको भिडियो अपलोड गर्न सक्छन् । प्रयोगकर्ताले आफ्नो भिडियोमा मन परेको म्यूजिक पनि राख्न पाउँछन् । साथै एपमा रेकर्डिङका साथै स्पिड कन्ट्रोलको पनि सुविधा छ । यस एपमा टाइमर पनि छ । भिडियो रेकर्ड गर्दा प्रयोगकर्ताले टाइम सेट गर्न सक्छन् । एजेन्सी

easy care

प्रकाशित: १४ माघ २०७७, बुधबार