नयाँ सर्तहरू लागू गर्ने कदमबाट पछि हट्यो ह्वाट्सएप, डाटा सेयर गर्ने नीतिको म्याद स्थगित

Technology Khabar ३ माघ २०७७, शनिबार

नयाँ सर्तहरू लागू गर्ने कदमबाट पछि हट्यो ह्वाट्सएप, डाटा सेयर गर्ने नीतिको म्याद स्थगित
Classic Tech

ह्वाट्सएपले आफ्नो नीति परिवर्तनको बारेमा ठूलो घोषणा गरेको छ। फेसबुकको अधिनमा रहेको मेसेजिंग एप ह्वाट्सएपले आफ्नो नीतिमा गरेको परिवर्तन लागू कार्यलाई स्थगित गरेको छ।

कम्पनीले यहि फेब्रुअरी ८ देखि आफ्नो नयाँ गोपनीयता नीति कार्यान्वयन गर्न गइरहेको छ, जसको लागि प्रयोगकर्ताहरूको फोद्दमा ‘नियम र सर्तहरू’ नोटिफिकेसन पप अप गर्दै थिए र तिनीहरूले त्यसलाई स्वीकार्नुपर्नेछ।

कम्पनीले भन्छ कि हाम्रो गोपनीयता नीतिको परिवर्तनको बारेमा प्रयोगकर्ताहरूमा धेरै प्रश्न र भ्रम रहेको छ, जसको कारण यो वर्तमान समयको लागि स्थगित गरिएको छ, ताकि प्रयोगकर्ताहरूले यसलाई समीक्षा गर्न र बुझ्नको लागि केही समय पाउनेछन्।

कम्पनीले आफ्नो ब्लग पोष्टमा भन्यो, हामी मिति पछाडी सार्दैछौं। ८ फेब्रुअरीमा कुनै खाता निलम्बित हुने वा मेटिने छैन। यसका साथ हामी ह्वाट्सएपको गोपनीयता र सुरक्षाका बारे फैलाएको गलत सूचनालाई स्पष्ट पार्न काम गर्दैछौं।

ह्वाट्सएपले भर्खरै आफ्ना प्रयोगकर्ताहरूलाई सेवा सर्तहरू र गोपनीयता नीतिको बारेमा अपडेटहरू दिन सुरू गर्यो। ह्वाट्सएपले यसमा बताएको छ कि उनले कसरी प्रयोगकर्ताहरूको डाटा प्रक्रिया गर्दछन् र फेसबुकमा डाटा साझेदारी गर्दछन्।

यति मात्र होइन, अद्यावधिकमा यो पनि भनिएको थियो कि ह्वाट्सएप सेवाहरू प्रयोग गर्न जारी राख्नका लागि प्रयोगकर्ताहरूले नयाँ नियम र नीति फेब्रुअरी ८, २०२१ मा स्वीकार्नुपर्दछ, अन्यथा प्रयोगकर्ताहरूले ह्वाट्सएप प्रयोग गर्न सक्नेछैनन्।

जनवरी ५ मा, ह्वाट्सएपले आफ्नो प्राइभेसी नीति परिवर्तन गर्ने घोषणा गरेको थियो, यसपछि करोडौं प्रयोगकर्ताहरूको एपमा एउटा नोटिफिकेसन पपअप भइरहेको छ, जसमा गोपनीयता नीति स्वीकार्न आग्रह गरिएको छ ।

तर नयाँ निर्णयसँगै धेरै प्रयोगकर्ताहरु ह्वाट्सएपबाट सिग्नल तथा टेलिग्राम तर्फ लागेका थिए ।

TK Viber

प्रकाशित: ३ माघ २०७७, शनिबार

Loading...