सोनीका दुई वायरलेस स्पिकर सार्वजनिक, ३६० रियालीटी अडियो फिचर

Technology Khabar २६ पुष २०७७, आईतवार

सोनीका दुई वायरलेस स्पिकर सार्वजनिक, ३६० रियालीटी अडियो फिचर

काठमाडौं ।

सोनीले दुई वटा वायरलेस स्पिकर सार्वजनिक गरेको छ । सोनीले एसआरएस–आरए५००० र एसआरएस–आरए३०० स्पिकर सार्वजनिक गरेको हो । दुवै स्पिकरको डिजाइन रुम–फिलिंग साउन प्रदान गर्न सक्षम छ ।

यी स्पिकरमा सोनीको प्रोप्रिरेटरी ३६० रियालीटी अडियो फिचर छ । यी दुई स्पिकर मध्येमा आरए५००० को महँगो छ । यसमा सात स्पिकर सिस्टम छ जसमा तीन वटा अप–फायरिङ डाइभर र तीन फ्रन्ट फेसिंग ड्राइभर र्याक आन्तरिक वूफर छ । अप र साइड फायरिङ डिजाइनले स्पिकरको ध्वनीलाई चारै दिशामा समान रुपमा प्रभाव गर्छ । अप र साइड फायरिङ डिजाइनले गर्दा स्पिकर कुन दिशामा राखिएको छ भन्ने तात्विक भिन्नता रहँदैन ।

आरए५००० मा म्यानुअल साउन्ड क्यालिब्रेसन फिचर छ । सस्तो र सानो आरए३०० मा ट्रिपल ड्राइभर लेआउट छ जसमा दुई वटा ट्वीटर दिइएको छ । यसले लामो स्ट्रीप र एउटा वूफर मार्फत आर्कमा ध्वनी उत्पादन गर्छ ।

यो स्पीकर हाल केबल बेलायत र यूरोपेली मुलुकमा मात्र उपलब्ध हुनेछ भने यसको मूल्य यूरोपेली बजारमा ५९९ यूरोदेखि शुरु हुनेछ । एजेन्सी

easy care

प्रकाशित: २६ पुष २०७७, आईतवार

ताजा समाचार