अलिपे, क्याम स्क्यानरसहितका ८ चिनियाँ एप्स अमेरिकामा प्रतिबन्धित

Technology Khabar २२ पुष २०७७, बुधबार

अलिपे, क्याम स्क्यानरसहितका ८ चिनियाँ एप्स अमेरिकामा प्रतिबन्धित

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा थप आठ वटा चिनियाँ एपको प्रयोगलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा मंगलबार हस्ताक्षर गरेका छन्।

चीनको लोकप्रिय पेमेन्ट प्लेटफर्म तथा एन्ट ग्रुपको अलिपेसहित टेनसेन्टको क्यू क्यू वालेट एपहरु पनि अब अमेरिकामा प्रतिबन्धित हुने छ।

यी चिनियाँ सफ्टवेयर एप्लिकेसनहरुले अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै ट्रम्प प्रशासनले आठ वटा एपहरुमाथि बन्देज लगाएको हो। यो प्रतिबन्ध आगामी ४५ दिनपछि मात्र लागू हुने छ। तर अमेरिकी बाणिज्य विभागले भने त्यसलाई जनवरी २० भन्दा अगाडी नै पहिचान गरेर प्रतिबन्ध लगाउने तयारी गरेको रोयटर्सले जनाएको छ ।

प्रतिबन्धको सूचीमा लोकप्रिय र चर्चित एप्स अलिपे, क्यामस्क्यानर, टेन्सेन्ट क्यू क्यू, शेयरइट, भिमेट तथा डब्लुपिएस अफिस जस्ता एपहरु छन्।

डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाड्नुअघि यी एपहरुमाथि प्रतिबन्ध लगाउने निर्णय लिएका हुन्। यो प्रतिबन्धसँगै अमेरिका र चीनबिच थप तनाब हुने अनुमान गरिएको छ ।

राष्ट्रपति ट्रम्पको निर्देशनमा भनिएको छ, ‘ब्यक्तिगत विद्युतीय उपकरणहरु जस्तै स्मार्ट फोन, ट्याबलेट तथा कम्प्युटरहरुमा जोडिएका चिनियाँ सफ्टवेयरहरुले प्रयोगकर्ताबाट सूचना लिनुका साथै व्यक्तिगत र संवेदनशील सूचनाहरु पनि लैजान्छ।’

यसअघि नै अमेरिकाले  वीच्याट टिकटकसहितका एपहरुमाथि प्रतिबन्ध लगाएको छ।

easy care

प्रकाशित: २२ पुष २०७७, बुधबार