मोबाइल एपहरुमा गएको क्रिसमससम्म प्रयोगकर्ताहरुले ४०७.६ मिलियन डलर खर्च गरे

Technology Khabar १९ पुष २०७७, आईतवार

मोबाइल एपहरुमा गएको क्रिसमससम्म प्रयोगकर्ताहरुले ४०७.६ मिलियन डलर खर्च गरे

काठमाडौं ।

बजारमा एपहरुको विश्लेषक फर्म सेन्सर टावरको रिपोर्टका अनुसार गुगल प्ले र एप्पल एप स्टोरमा मोबाइल एपहरूमा विश्वव्यापी खर्च गएको वर्ष सन् २०२० को क्रिसमसको दिनसम्ममा ४०७.६ मिलियन डलरसम्म पुगेको छ।

यो वार्षिक आधारमा २०१९ को तुलनामा ३४.५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो खर्च ३०३ मिलियन डलर थियो।

क्रिसमसमा सबैभन्दा धेरै खर्च गेमिङ्ग एपहरूमा गरिएको थियो। सन् २०२० क्रिसमसमा, प्रयोगकर्ताहरूले विश्वव्यापी मोबाइल एपहरूमा १७.७ प्रतिशतले खर्च गरेका थिए।

क्रिसमसमा २९५.६ मिलियन डलर एपहरूमा खर्च गरिएको थियो। २०१९ को क्रिसमसमा २३२.४ मिलियन डलर एप्समा खर्च गरिएको थियो।

२०२० को क्रिसमसमा टेन्सेन्ट गेम्सको अनर ​​अफ किंग्स गेममा मानिसहरूले सर्वाधिक खर्च गरे। सेन्सर टावरको रिपोर्टअनुसार मल्टिप्लेयर अनलाइन ब्याटल एरेना गेम (MOBA) ले १०.७ मिलियन डलर कमायो। यो अघिल्लो वर्षको तुलनामा २०५.७ प्रतिशतले वृद्धि भएको छ। २०१९ मा सोही गेमले ३.५ मिलियन डलर कमाएको थियो।

प्रयोगकर्ताहरूले सन् २०२० मा गैर गेमिङ्ग एपहरूमा ११२ मिलियन डलर खर्च गरे। सन् २०१९ मा यस्तो खर्च ७०.५ मिलियन डलर खर्च भयो। यस्तो खर्च अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशतले वृद्धि भएको थियो। सेन्सर टावरकाअनुसार यस वर्ष क्रिसमसमा गैर गेमिङ्ग एपहरूमा कुल खर्च ४.२ प्रतिशतले वृद्धि भएको छ।

easy care

प्रकाशित: १९ पुष २०७७, आईतवार

ताजा समाचार