वानवेबका थप ३६ वटा स्याटेलाइटहरु अन्तरिक्षमा, कम्पनीको आर्थिक उद्धारपछि पहिलो लन्चिङ्ग

Technology Khabar ७ पुष २०७७, मंगलवार

वानवेबका थप ३६ वटा स्याटेलाइटहरु अन्तरिक्षमा, कम्पनीको आर्थिक उद्धारपछि पहिलो लन्चिङ्ग

काठमाडौं ।

बेलायती स्याटेलाइट संचार कम्पनी वानवेबले आफ्नो दोस्रो खेपको ३६ वटा स्याटेलाइटहरु अन्तरिक्षमा पुर्याएको छ । कम्पनीले यहि १८ डिसेम्बरमा सोयुज लन्चिङ्ग भेहिकलबाट ती उपग्रहको सफल प्रक्षेपणको पुष्टि गरेको छ ।

यसका साथमा कम्पनीले स्याटेलाइटको वाणिज्य सेवाहरूको लागि मार्ग प्रशस्त गरेको छ ।

यस प्रक्षेपणका साथमा पृथ्वीको बाहिरी कक्षमा  ११० वटा लियो सेटेलाइटहरुकाे संख्या भएको छ । कम्पनीले पहिलो चरणमा ७४ वटा सेटेलाइट अन्तरिक्षमा पुर्याएको थियो ।पहिलो लन्चसँगै कम्पनीले आफू टाटपल्टिएको घोषणा गरेकोथियो । जसलाई बेलायती सरकार र भारतीय बहुराष्टिय कम्पनी भारती ग्लोबलले उद्धार गरेका थिए ।

वनवेबले ६४८ वटा लियो सेटेलाइटको नेटवर्कमार्फत सेवा सञ्चालन गर्ने योजना बनाएको छ जसले उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्नेछ।

यसले सन् २०२१ मा बेलायत, उत्तरी यूरोप, अलास्का, ग्रीनल्याण्ड, आइसल्यान्ड र क्यानडामा क्षेत्रीय वाणिज्य सेवा सुरू गर्ने क्रममा छ । त्यस्तै सन् २०२२ मा यसपछि ग्लोबल सेवा शुरु गर्नेछ ।

यसको लागि कम्पनीले अब थप १५ वटा उडान भर्नुपर्नेछ र यो आगामी फरवरीपछि मासिक रुपमा अन्तरिक्षमा स्याटेलाइट लाने योजनामा छ । कम्पनीले बेलायतमा र अमेरिकामा यसको लागि ग्राउण्ड स्टेशन तथा नियन्त्रण कक्ष राखेको छ ।

वानवेबले स्याटेलाइट इन्टरनेट सेवाको लागि अमेरिकी कम्पनी स्पेसएक्स र अमेजनको कुइपरसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

easy care

प्रकाशित: ७ पुष २०७७, मंगलवार