ह्वावेका स्मार्टफोनहरुमा हार्मोनी ओएस २.० बीटा उपलब्ध हुने

Technology Khabar ६ पुष २०७७, सोमबार

ह्वावेका स्मार्टफोनहरुमा हार्मोनी ओएस २.० बीटा उपलब्ध हुने

काठमाडौं ।

ह्वावेको स्मार्टफोनमा नयाँ हार्मोनी ओएस २.० बीटामा उपलब्ध हुन सुरु भइसकेको छ। ह्वावेले केहि दिन अघि मात्रै आधिकारीकरुपमा हार्मोनी ओएस २.० बीटा सार्वजनिक गरेको थियो ।

रिर्पोटका अनुसार सन् २०२१ देखि बजारमा आउने सम्पूर्ण ह्वावे स्मार्टफोन हार्मोनी ओएसमा आधारित भएर उपलब्ध हुनेछन् ।

ह्वावेले पी४० र मेट३० सिरिजमा हार्मोनी ओएसको परीक्षण सुरु गरिरहेको छ ।

हालै चीनमा आयोजित पत्रकार सम्मेलनमा ह्वावेले हार्मोनी ओएसयुक्त स्मार्टफोन प्रदर्शन गरेको छ । त्यसमा हारमोनी ओएसको फिचरको डेमो देखाइएको थियो ।

हार्मोनीओएसको अपरेसन सिस्टम डेमोमा हेर्दा एन्ड्रोइडको इएमयूआई जस्तै छ। प्राविधिकरुपमा यसको अपरेसन र इन्टरफेस डिजाइन इएमयूआईसँग मेल खान्छ ।

ह्वावेका कर्मचारीका अनुसार डेमोमा हार्मोनी ओएसको पूर्ण क्षमता देखाइएको थिएन । आधिकारीक भर्सनको स्मार्टफोन भने नयाँ इन्टरफेस डिजाइनमा उपलब्ध हुने ह्वावेको दाबी छ । एजेन्सी

easy care

प्रकाशित: ६ पुष २०७७, सोमबार

ताजा समाचार