अमेरिकाको परमाणु हतियारको सुरक्षा गर्ने विभागमा साइबर आक्रमण

Technology Khabar ५ पुष २०७७, आईतवार

अमेरिकाको परमाणु हतियारको सुरक्षा गर्ने विभागमा साइबर आक्रमण
सांकेतिक तस्बिर

काठमाडौं ।

अमेरिकाको परमाणु हतियारको सुरक्षा गर्ने ऊर्जा विभागमा साइबर आक्रमण भएको छ । अमेरिकी ऊर्जा विभागले आफ्नो सिस्टममा साइबर आक्रमण भएको जानकारी दिएको हो ।

यो अमेरिकी सरकारको कुनै पनि विभाग माथि भएको सबैभन्दा ठूलो साइबर आक्रमण हो । ह्याकिङ्गले भने हतियार भण्डारमा कुनै प्रभाव नपरेको ऊर्जा विभागको दाबी छ । विभागका अनुसार सम्पूर्ण हतियार भण्डार सुरक्षित छ ।

टेक कम्पनी माइक्रोसफ्ले बिहीबार आफ्नो सिस्टममा खतरनाक सफ्टवेयर भेटिएको बताएको थियो । यो साइबर आक्रमणको पछाडि रुसको हात रहेको आशंका गरिएको छ । अमेरिका माथि भएको ह्याकिङको सम्बन्धमा आफ्नो कुनै संगलनता नरहेको रुसको दाबी छ ।

गत आइतबार अमेरिकाको खजाना एवं वाणिज्य विभागमा साइबर आक्रमण भएको जानकारी आएको थियो । अधिकारीका अनुसार करिब एक महिनादेखि अमेरिकी सरकार माथि साइबर आक्रमण भइरहेको थियो । यो विषयको जानकारी आइतबार मात्र प्राप्त भएको हो ।

अमेरिकाका नवनिवार्चित राष्ट्रपति जो बाइडनले साइबर सुरक्षा आफ्नो सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै आएका छन् । एजेन्सी

easy care

प्रकाशित: ५ पुष २०७७, आईतवार

ताजा समाचार