एन्ड्रोइड स्मार्टफोनको अपडेट अब चार वर्षसम्म पाईने, क्वालकम र गुगल मिलेर काम गर्दै

Technology Khabar ३ पुष २०७७, शुक्रबार

एन्ड्रोइड स्मार्टफोनको अपडेट अब चार वर्षसम्म पाईने, क्वालकम र गुगल मिलेर काम गर्दै

काठमाडौं ।

एन्ड्रोइड स्मार्टफोनका प्रयोगकर्ताले चार वर्षसम्मको अपडेट पाउने भएका छन् । सम्भवत सन् २०२१ मा निर्मित फ्ल्यागसिप फोनका प्रयोगकर्ताले यो सुविधा उपयोग गर्न पाउनेछन् ।

यसका लागि क्वालकम र गुगल मिलेर काम गरिरहेका छन् । यो सहकार्यले सफलता हासिल गरेको खण्डमा आगामी दिनमा सफ्टवेयर तथा चिप परिवर्तन नगरिकन एन्ड्रोइड ओएस अपडेट गर्न सकिने ९ टू ५ गूगलको रिपोर्टमा उल्लेख छ।

यसले सफ्टवेयरको लागत घटाउनुका साथै अपडेटको समय पनि छोटिन्छ । हाल बजारमा भित्रिएका फोनमा भने चार वर्षसम्म सफ्टवेयर अपग्रेड हुने सुविधा उपलब्ध हुने छैन ।

स्मार्टफोन उत्पादकले यस बारेमा कुनै पनि आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् । यो परियोजनाका लागि गुगल र क्वालकमले मात्र पहलकारी भूमिका निर्वाह गरिरहेका छन् । भविष्यमा स्मार्टफोनका प्रयोगकर्ताले चार वर्षसम्मको सफ्टवेयर अपडेटको सूविधा प्राप्त गर्नेछन् ।

सामसङले सफ्टवेयर अपडेटको सुरुवात गरिसकेको छ । सामसङका फ्लागसिप फोनमा तीन वर्षको अपडेट पाउन सकिन्छ । सामसङ ग्यालेक्सी एस १० पछि बजारमा भित्रिएका फ्ल्यागसिप फोनमा तीन वर्षसम्मको सफ्टवेयर अपडेटको सुविधा छ।

अब आउन लागेको यो सुविधा क्वालकम प्रोसेसर भएका एन्ड्रोइड ११ सफ्टवेयर माथिका मिडरेज फोन प्रयोगकर्ताहरुले उपयोग गर्न पाउनेछन् ।

easy care

प्रकाशित: ३ पुष २०७७, शुक्रबार