भिभोको एक्स६० सिरिज डिसेम्बर २९ मा आधिकारिकरुपमा सार्वजनिक हुने

Technology Khabar २९ मंसिर २०७७, सोमबार

भिभोको एक्स६० सिरिज डिसेम्बर २९ मा आधिकारिकरुपमा सार्वजनिक हुने

काठमाडौं ।

भिभोको नयाँ सिरिजको फोन लन्च हुने मिति सार्वजनिक भएको छ । भिभो एक्स६० श्रृंखला डिसेम्बर २९ मा आधिकारिकरुपमा सार्वजनिक हुने भएको हो ।

हामी यस सिरिजअन्तरगत एक्स६० प्रो स्मार्टफोन पहिलो एक्सनोज १०८० चिपसेटका साथ लन्च हुने आशा गर्दछौं, सोहि समयमा अर्को साझेदारी पनि घोषणा हुनेछ त्यो भनेको भिभो र जर्मन अप्टिकल कम्पनी जेईसका बिचमा ।

यो भिभोको सन् २०२० मा आउने नयाँ सिरिज हुनेछ भने सामसङको चिपसेट हुने पहिलो अन्य ब्राण्डको फोन समेत हुनेछ ।

त्यसैगरि फोनमा भिभोले नयाँ ओरियन अपरेटिङ्ग सिस्टम समेत लन्च गर्नेछ ।

भिभोको नयाँ लाइनअपले एक्स६० सिरिजमा एक्स६०, एक्स६० प्रो, एक्स६०प्रो प्लस र एक्स६०एस ल्याउने अपेक्षा गरिएको छ।

भिभो एक्स ६० यसअघिको एक्स ५० सिरिजको एक तह अपग्रेडको रुपमा आउनेछ । एजेन्सी

easy care

प्रकाशित: २९ मंसिर २०७७, सोमबार