साईबर ब्यूरोको ‘ह्याकर्स हन्ट’, सरकारी सूचना प्रणालीमा अनधिकृत पहुँच बनाउने ३ पक्राउ

Technology Khabar २२ मंसिर २०७७, सोमबार

साईबर ब्यूरोको ‘ह्याकर्स हन्ट’, सरकारी सूचना प्रणालीमा अनधिकृत पहुँच बनाउने ३ पक्राउ
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपाल प्रहरीले सरकारी सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक संदेश फैलाउने व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साईबर ब्यूरोले ‘ह्याकर्स हन्ट’ अन्तरगत सरकारी सूचना प्रणाली ह्याक गर्नेहरुलाई पक्राउ गरेको हो ।

जसअनुसार साईबर ब्यूरोले हालै विशेष अप्रेशन संचालन गरि ३ जना युवाहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकोमा ललितपुर महालक्ष्मी नगरपालिकाका २५ वर्षिय विवेक महर्जन, पोखरा महानगरपालिकाका १७ वर्षिय परिवर्तिन नाम छोरेपाटन र वर्ष १५ का घारीपाटन (परिवर्तित नामहरु) भएका युवाहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।

साईबर ब्यूरोले सरकारी सूचना प्रवाहका आधिकारिक विद्युतीय सञ्चार माध्यमहरुमा अनधिकृत पहुँच बनाई प्रचलित ऐन कानून विपरितका कार्यहरु गरेको सूचनाको आधारमा विशेष अप्रेशन ह्याकर्स हन्ट संचालन गरिएको जनाएको छ ।

पक्राउ परेका तीनै युवाहरुलाई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिम कारबाहीका लागि पक्राउ गरि जिल्ला अदालत काठमाडौंको अनुमतिमा थप अनुसन्धान भईरहेको साईबर ब्यूरोका प्रवक्ता नविन्द्र अर्यालले जानकारी दिएका छन् ।

easy care

प्रकाशित: २२ मंसिर २०७७, सोमबार

ताजा समाचार