दूरसञ्चार प्राधिकरणको खर्चमा लेखा समितिको सूचना प्रविधि मैत्री हल निर्माण गरिने

Technology Khabar ३ मंसिर २०७७, बुधबार

दूरसञ्चार प्राधिकरणको खर्चमा लेखा समितिको सूचना प्रविधि मैत्री हल निर्माण गरिने
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो खर्चमा संघिय संसदको लेखा समितिको कन्फ्रेन्स हल बनाउने भएको छ ।

टेलिकम क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले लेखा समितिलाई सूचना प्रविधिमैत्री कन्फ्रेन्स हल निर्माण गरिदिन लागेको हो ।

प्राधिकरणले लेखा समितिको लागि हल निर्माण गर्नका लागि हालै टेण्डर आब्हान गरेको छ । जसमा टेण्डर सकार्ने कम्पनीले सो सूचना प्रविधि मैत्री कन्फ्रेन्स हल निर्माणको डिजाइन, आपूर्ति, जडानलगायतका कार्यहरु गर्नुपर्नेछ ।

टेण्डर सूचनाअनुसार प्राधिकरणले करिब १ करोड ५० लाख रुपैयाँको खर्चमा लेखा समितिको लागि सूचना प्रविधि मैत्री हल निर्माण गरिदिन लागेको हो । जसमा टेण्डरमा सहभागी हुने कम्पनीले न्यूनतम ७ लाख ५० हजार बैंक ग्यारेन्टी राख्नुपर्नेछ ।

प्राधिकरणले चालु आवको बजेटमा नै विभिन्न समितिहरुलाई सूचना प्रविधि मैत्री कन्फ्रेन्स हल निर्माण गरिदिन रकम छुट्याएको छ।

यसअघि पनि प्राधिकरणले सञ्चार मन्त्रालयमा हाल पत्रकार सम्मेलनको लागि प्रयोग हुँदै आएको हल पुनः निर्माण गरेको थियो ।

easy care

प्रकाशित: ३ मंसिर २०७७, बुधबार