ह्वावेका रायन डिंगले भने- सुनौलो दशकको लागि वायरलेस नेटवर्कको भ्यालु बढाउनुपर्छ

Technology Khabar २ मंसिर २०७७, मंगलवार

ह्वावेका रायन डिंगले भने- सुनौलो दशकको लागि वायरलेस नेटवर्कको भ्यालु बढाउनुपर्छ

काठमाडौं ।

२०२० को ग्लोबल मोबाइल ब्रोडब्यान्ड फोरम (MBBF) मा ह्वावेका कार्यकारी निर्देशक र क्यारियर व्यवसाय समूहका अध्यक्ष रायन डिंगले आफ्नो किनोट स्पिच ‘फाइभजीको सुनौलो दशकको लागि वायरलेस नेटवर्कको भ्यालु बढाउँदै’ मा दिएका छन् । डिंगले भने कि आउँदो दशक विश्वको फाइभजीको प्रगतिको लागि सुनौलो युग हुनेछ र सम्पूर्ण उद्योगलाई फाइभजीमा विश्वास हुनुपर्दछ, उत्तम फाइभजी नेटवर्क निर्माण गर्नुपर्दछ र त्यसबाट सेएर्ड भ्यालुको लागि अधिकतम प्रतिफल बनाउनु पर्दछ ।

फाइभजी अघिल्लो पुस्ता भन्दा धेरै छिटो विकास गर्दैछ । हाल विश्वमा १०० भन्दा बढी व्यावसायिक फाइभजी नेटवर्कहरू छन् र बजेट फाइभजी मोबाइल फोनहरू १,००० यूआनमा झरेको छ । यसले विश्वभरि फाइभजी प्रयोगकर्ताहरूको संख्या बढाइरहेको छ र अग्रणी क्यारियरहरूले डाटा योजनाहरूबाट फाइदा लिइरहेका छन् । उनीहरू बहु–मेट्रिक सेवा प्याकेजहरू र अपग्रेड गरिएका सेवाहरू जस्तै फाइभजी मेसेजिङ र उन्नत कलिङको माध्यमबाट फाइभजी प्रयोगकर्ताहरूको एआरपीयू (ARPU) मा वृद्धि देखिरहेका छन् ।

फाइभजी लाई थप विकास गर्न र बढि व्यक्तिहरूलाई फाइभजी अँगाल्न प्रोत्साहित गर्न, क्यारियरहरूले सम्भव भएसम्म उत्तम फाइभजी नेटवर्क निर्माण गर्नुपर्छ । उनीहरूले सबै परिदृश्यमा कभरेज प्रदान गर्नुपर्छ जस्तै घना सहरी क्षेत्र, उपनगर र घर भित्र सेरोफेरो जस्ले गर्दा प्रयोगकर्ताहरूमा फाइभजी सेवाको पहुँच जहिले पनि हुनेछ । क्यारियरले प्रयोगकर्ताहरूलाई निरन्तर उत्कृष्ट अनुभव दिनको लागि फाइभजी कनेक्टिभिटीमा सुधार ल्याउनु पदर्छ ।

उपभोक्ता बजारको साथसाथै औद्योगिक बजार क्यारियरको लागि नयाँ राजस्व प्रवाह बन्ने छ । यसको शुरुवात भएबाटै फाइभजी अधिक देखि अधिक क्षेत्रहरूमा लागू भइरहेको छ । धेरै उद्योग अनुप्रयोगहरू बढ्दो कमोडिटीकृत भइरहेका छन् र ठूलो स्केलमा पुनरुत्पादन पनि गर्न सकिने प्रकारको छ । क्यारियरहरु भर्टिकल उद्योगलाई सक्षम पार्न फाइभजी कसरी प्रयोग गर्न सकिन्छ भनेर अन्वेषण गरिरहेका छन् ।

उपभोक्ताहरू जसले डाटाको गति बारेमा मात्र ख्याल राख्ने भन्दा विपरीत, उद्योग उपभोक्ताहरूको विभिन्न आवश्यकताहरू छन् र त्यसैले यो महत्वपूर्ण छ कि क्यारियरहरूले नयाँ क्षमताको ख्याल गरेर नेटवर्क भ्यालु अधिक बनाउन् जरुरी छ । यी विविध आवश्यकताहरू पूरा गर्न टेलिकम सेक्टरले औद्योगिक फाइभजी अनुप्रयोग को लागि मौलिक नेटवर्क क्षमताहरू, अत्यधिक विश्वसनीय नेटवर्क सेवाहरू र फ्लेक्जिबल नेटवर्क समाधानहरू प्रदान गर्न आवश्यक छ । दूरसंचार क्षेत्रले नेटवर्क योजना, निर्माण, मर्मत र अपरेशनमा अप्टिमाइजेसन एन्ड टु एन्ड सुधार गर्न आवश्यक छ । यसले उद्योग अनुप्रयोगहरूको प्रयोगको लागत घटाउन सहयोग पुर्याउँदछ ।

डिंगले औद्योगिक फाइभजी अनुप्रयोगको विकास गर्नु केवल क्यारियरको जिम्मेवारी नभई एक व्यापक उद्योगिक प्रयास रहेको कुरामा जोड दिनुभयो । दूरसञ्चार अन्य उद्योगहरूसँग एकीकृत भए मात्र यस विकासको गति तिव्र हुनसक्छ । भर्खरैको फ्रोजन रिलीज १६ मा, ३जीपीपीले प्रसारण सेवा को लागि सुधार गरिएको मानक र फाइभजी सुविधाहरू जस्तै स्थान र अल्ट्रा–लो एयर इन्टरफेस लेन्टेसी थपेको छ । आगामी रिलिज, रिलिज १७ सहित, थप उद्योग आवश्यकताहरू सम्बोधन गरिने छ ।

अन्त्यमा डिंगले भने कि आउँदो दशक फाइभजीको लागि सुनौलो रहनेछ । सम्पूर्ण उद्योगले विश्वास गर्न जरुरी छ, उपभोक्ताहरूका लागि उत्तम नेटवर्क निर्माण गर्न र फाइभजी को सुनौलो दशकको वायरलेस नेटवर्कको भ्यालु अधिकतम बढाउन उद्योगका ग्राहकहरूको नयाँ क्षमताहरूको पोषण गर्न पर्दछ ।

२०२० को ग्लोबल मोबाइल ब्रोडब्यान्ड फोरममा ह्वावेले विश्वव्यापी उद्योग प्रवृत्ति र क्यारियर, नियामक, साझेदार र विश्वभरका मिडिया विश्लेषकहरू सँग गहन विषयहरूको दर्शन सार्बजनिक गर्ने जनाएकोछ।

easy care

प्रकाशित: २ मंसिर २०७७, मंगलवार