अमेरिकी राष्ट्रपति ट्रम्पका श्रृंखलाबद्ध ट्वीटहरुमा भ्रामक जानकारी भन्दै छोपिए

Technology Khabar २१ कार्तिक २०७७, शुक्रबार

अमेरिकी राष्ट्रपति ट्रम्पका श्रृंखलाबद्ध ट्वीटहरुमा भ्रामक जानकारी भन्दै छोपिए

काठमाडौं ।

हाल अमेरिकी राष्ट्रपतिय निर्वाचनको मतगणना जारी रहेको छ । जसले सो निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रतिस्पर्धी जो बाइडेनका बिच तिब्र प्रतिस्पर्धा भएको देखिएको छ ।

जसमा बाइडेनले अग्रता लिँदै आगामी राष्ट्रपति चुनिने संकेत देखिएको छ । यदपि केहि राज्यहरुमा अझै मतगणना भईरहेको छ ।

यहि विषयलाई लिएर राष्ट्रपति ट्रम्पले श्रृंखलाबद्ध ट्वीटहरु गरेका छन् । र ती सबैजसो ट्वीटलाई सोशल मिडिया कम्पनी ट्विटरले छोपिदिएको छ ।

कम्पनीले आफ्नो नीति भन्दा बाहिर गएर गरिएको ट्वीटलाई हटाईदिने चेतावनीसँगै चुनाव भन्दा अगाडि नै नीति सार्वजनिक गरेको थियो । जसमा आधिकारीक घोषणा र तथ्य भन्दा बाहिर रहेर पोस्ट गरिने ट्वीटलाई लेबल लगाउने वा फ्ल्याग राखिदिने चेतावनी दिएको थियो ।

सोहिअनुसार ट्विटरले राष्ट्रपति ट्रम्पका ट्वीटहरुलाई समेत लेबल लगाईदिँदै छोपेको वा लुकाई दिएको हो। र सो स्थानमा कम्पनीले किन सो ट्वीट नदेखिने भयो भन्ने बारेमा लिंकसहितको आफ्नो नीति उल्लेख गरेको छ ।

उता फेसबुकले समेत राष्ट्रपति ट्रम्पका हरेक पोस्टहरुमा निर्वाचन आचारसंहिताअन्तरगत तथ्यगत जानकारीहरु राखिदिएको छ । उनले भनेका दाबीहरु सहितको पोस्टलाई खण्डन हुने गरि फेसबुकले सोहि पोस्टको तल भागमा सहि जानकारी लिंकसहित राखिदिएको छ ।

यसअघि नै सोशल मिडिया कम्पनीहरुले अमेरिकी चुनावबारे पोस्ट गरिने भ्रामक जानकारी र सूचनाहरुको बारेमा एक्सन लिनेगरि नीति बनाएको घोषणा गरेका थिए ।

easy care

प्रकाशित: २१ कार्तिक २०७७, शुक्रबार