श्वास परीक्षणबाटै ६० सेकेण्डमा कोरोनाभाइरस पत्ता लगाईने, सिंगापुरमा नयाँ उपकरण परीक्षण हुँदै

Technology Khabar १९ कार्तिक २०७७, बुधबार

श्वास परीक्षणबाटै ६० सेकेण्डमा कोरोनाभाइरस पत्ता लगाईने, सिंगापुरमा नयाँ उपकरण परीक्षण हुँदै

काठमाडौं ।

सिंगापुरमा आधारित कम्पनीले कोविड-१९ को नतिजा देखाउने ब्रीथ टेस्ट इन्स्ट्रुमेन्टको विकास गरेको छ। सिंगापुरको नेशनल युनिभर्सिटीको स्टार्टअप ब्रेथोनिक्सले दाबी गरेअनुसार १८० जनामा ​​गरिएको सानो परिक्षण ९० प्रतिशत सही साबित भएको छ।

ब्रीथोनिक्सको अपेक्षा सो किटले आउँदो वर्षको शुरुवातमा नियामकको स्वीकृति प्राप्त गर्नेछ र जसको माध्यमबाट यो रोगको बिरूद्ध मानिसहरूलाई स्क्रीनिंग गर्नका लागि सो डिभाइस प्रयोग गर्न सकिन्छ।

हाल ब्राइथोनिक्सले यसको परीक्षण सिंगापुरमा थप विस्तार गर्दैछ र अर्को बर्षमा उपकरण बजारमा आउनु अघि नै यसको परीक्षणको शुद्धता सुधार गर्न खोजिरहेको छ। यसको शुद्धता दर प्रारम्भिक परीक्षणमा पत्ता लागेको थियो। त्यस समयमा,नेशनल सेन्टर फर इन्फेक्शियस डिजीजमा १८० स्वयंसेवकहरु संक्रामक रोगहरूको लागि परीक्षण गर्न सामेल भए।

सहभागीमध्ये लगभग ५० प्रतिशत सहभागीहरू कोरोना भाइरस जाँचमा पोजिटिभ पाईएको थियो। उपकरणको परीक्षणद्धारा कोभिड १९ का  १० बिरामीहरु मध्ये ९ जनालाई पत्ता लगाएको थियो ।

कम्पनी भन्छ कि श्वासप्रश्वासको परीक्षणबाट ९० प्रतिशत विशिष्टता दर प्राप्त भएको थियो, यसको मतलब यो हो कि उपकरणले ९५  प्रतिशत सहि ‘नेगेटिभ’ नतीजा दिएको थियो। अनुसन्धानकर्ताहरुले आउँदो महिनाहरूमा ब्रेथेलाइजर परीक्षण उपकरणको सहि दर स्थापित गर्नका लागि ६०० बिरामीलाई परीक्षणमा समावेश गर्ने आशा गरिरहेका छन्। यद्यपि यो अझै प्राथमिक चरणमा नै छ।

ब्रेथोनिक्सको दाबीअनुसार यसको परीक्षण शुल्क पीसीआर परीक्षण भन्दा ७० प्रतिशत सस्तो हुनेछ।

उपकरणका सुविधाहरूबारे बताउँदै कम्पनीले भनेको छ कि यसको प्रयोग गर्न प्रशिक्षित कर्मचारीको आवश्यक पर्दैन भने प्रयोगशालामा नमूना पनि प्रसोधन गर्नुपर्दैन।

सो उपकरणलाई सजिलैसँग एक स्थानबाट अर्को स्थानमा ट्रान्सपोर्ट गर्न सकिन्छ जबकी पीसीआर परीक्षणको परिणामहरू आउन धेरै दिन लाग्ने हुन्छ।

यद्यपि कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरूको श्वास जाँचको नतीजा थाहा पाउन अझ निश्चित पीसीआर परीक्षणको साथ पुष्टिकरण गर्नु पर्ने हुन्छ। त्यसकारण, ब्रेथलाइजर टेस्ट उपकरणले व्यक्तिहरूमा सम्भावित संक्रमणहरू पत्ता लगाउन स्क्रीनिंग उपकरणको रूपमा कार्य गर्दछ।

ब्रीथोनिक्सका सीईओ जिया जुआनले भने, ‘ब्रेथेलाइजर टेस्ट किट पहिलो स्तरको स्क्रिन डिभाइस जस्तै हो। यस उपकरणलाई सम्मेलन, खेल मैदानहरूमा प्रयोग गर्न सकिन्छ।’ माध्यम

easy care

प्रकाशित: १९ कार्तिक २०७७, बुधबार