‍‍‍अमेरिकी चुनाव अवधिमा विज्ञापनबाट हुने आम्दानी घट्नसक्ने ट्विटरको आशंका

Technology Khabar १४ कार्तिक २०७७, शुक्रबार

‍‍‍अमेरिकी चुनाव अवधिमा विज्ञापनबाट हुने आम्दानी घट्नसक्ने ट्विटरको आशंका

काठमाडौं ।

सोशल मिडिया प्लेटफर्म ट्वीटरले अमेरिकी चुनावलाई ध्यानमा राख्दै विज्ञापनबाट हुने कमाई कम हुन सक्ने बताएको छ। कम्पनीले आफ्नो चौथो त्रैमासिकमा २० प्रतिशतले खर्च बढाएको छ।

कम्पनीले भने कि नोभेम्बर ६ मा हुने राष्ट्रपति पदको चुनावमा र त्यस पछि पनि विज्ञापनबाट हुने आम्दानी कति कम हुनेछ भनेर अनुमान गर्न गाह्रो भएको छ।

शुक्रबार शेयर बजारमा ट्विटरको सेयरमा गिरावट आएको थियो। ट्विटरले भने कि धेरै कम्पनीहरूले अमेरिकामा हालैका ब्ल्याक लाइभ म्याटर्स प्रोटेस्टको बेलामा विज्ञापन रोकेका थिए।

कम्पनीलाई डर थियो कि अमेरिकी चुनावको समयमा पनि यस्तै केही हुनसक्नेछ। सेप्टेम्बर ३० मा सकिएको यस त्रैमासिकमा कम्पनीको आय १४ प्रतिशतले बढेको छ।

यद्यपि कम्पनीले अमेरिकी चुनाव पछि आयमा वृद्धि हुन सक्ने अपेक्षा गरेको छ। तेस्रो क्वाटरमा विज्ञापनको राजस्वमा १५ प्रतिशतले वृद्धि भएको थियो, जसले गर्दा कम्पनीले लगभग ४८ अर्ब डलर कमायो।

कम्पनीले आफ्नो नयाँ विज्ञापन उत्पादन २०२१ सम्म सुरू नगर्ने जानकारी समेत दिएको छ।

यसैबीच, तेस्रो क्वाटरमा कम्पनीको खर्चमा १३ प्रतिशतले वृद्धि भएको छ। एजेन्सी

easy care

प्रकाशित: १४ कार्तिक २०७७, शुक्रबार

ताजा समाचार