डेभलपर कम्पनीको समस्याले गर्दा भिडियो गेम ‘साइबरपंक २०७७’ डिसेम्बरमा मात्र आउने

Technology Khabar १३ कार्तिक २०७७, बिहीबार

डेभलपर कम्पनीको समस्याले गर्दा भिडियो गेम ‘साइबरपंक २०७७’ डिसेम्बरमा मात्र आउने

काठमाडौं ।

अत्यधिक अपेक्षा गरिएको भिडियो गेम ‘साइबरपंक २०७७’ लन्च हुने समयमा फेरि ढिलाइ भएको छ । यसले अर्को पुस्ताको कन्सोलको सुरूवातपछि पनि हप्तौंपछि लन्चिङ्ग समयलाई धकेलेको छ।

सो गेम अब १० डिसेम्बरमा मात्र बिक्रीको लागि उपलब्ध हुने बताईएको छ।

यसअघि कम्पनीका स्टाफलाई नोभेम्बरको बीचमा यसलाई सक्नेगरि काम गर्नका लागि सातामा छ दिन काम गर्न भनिएको थियो।

डेभलपरको एक पत्रले भन्यो कि त्यहाँ अर्को ढिलाइको बारेमा ‘धेरै भावनाहरू र प्रश्नहरू’ हुनेछन्, र फ्यानहरूलाई ‘कृपया हाम्रो बिनम्र माफी स्वीकार्नुहोस्।’

साइबरपंक २०७७ सीडी प्रोजेक्ट रेडको नयाँ फ्रेन्चाइजी हो, जसले निकै मन पराईएको ‘वीचर सिरिज अफ गेम्स निर्माण गरेको थियो ।

यो गेम सन् २०१२ मा घोषणा गरिएको थियो भने पुन यसलाई सन् २०१८ मा घोषणा गरिएको थियो । यो गेम गत अप्रिलमा नै उपलब्ध हुनुपर्ने थियो तर कम्पनीले यसलाई तीन पटक सारेको छ ।

नयाँ मिति घोषणासँगै कम्पनीले नराम्रो असर भोगेको छ । कम्पनीको शेयर एकैदिन ५।२५ प्रतिशतले घटेको छ । यसका साथै गेमरहरुले समेत त्यसमा कडा प्रतिकृया व्यक्त गरेका छन् ।

कम्पनीले निकै कम्प्लेक्स गेम विभिन्न पुस्ताका गेम कन्सोल र पिसीहरुमा राखेर परीक्षण गरेर पठाउनु २१ दिनमा कठिन भएको हुँदा ढिलाई भएको बताएकोछ । एजेन्सी

easy care

प्रकाशित: १३ कार्तिक २०७७, बिहीबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार