डिशहोममा क्लिन फिडको असर: केहि च्यानलहरु अब क्लिन फिडमा उपलब्ध भएपछि मात्रै आउने

Technology Khabar ७ कार्तिक २०७७, शुक्रबार

डिशहोममा क्लिन फिडको असर: केहि च्यानलहरु अब क्लिन फिडमा उपलब्ध भएपछि मात्रै आउने

काठमाडौं ।

नेपालको एक मात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले सरकारले आजदेखि लागू गरेको क्लिन फिड नीतिका कारण केहि च्यानलहरु उपलब्ध नहुने बताएको छ ।

कम्पनीले आफ्नो फेसबुक पेजमा सो बारेमा जानकारी राख्दै डिशहोममा रहेका केही च्यानलहरु केहि दिनसम्म अबरुद्ध हुने बताएको हो ।

डिशहोमकाअनुसार विदेशी ब्रोडकास्टरहरुले ती च्यानलहरु क्लिन फिडमा उपलब्ध गराएसँगै पुन सेवाग्राहीहरुलाई उपलब्ध गराउने उल्लेख गरेको छ ।

यसका साथै डिशहोमका च्यानलहरुमा थपघट हुने र सोहिअनुसार प्याकेज पनि परिवर्तन हुने जानकारी दिएको छ ।

https://www.facebook.com/dishhome/photos/a.187538537949177/3434912189878446/

easy care

प्रकाशित: ७ कार्तिक २०७७, शुक्रबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार