एनपिएस र एनसीएचएलबीच सहकार्य, डिजिटल भुक्तानी इकोसिस्टमलाई थप प्रबर्द्धन गरिने

Technology Khabar ३ कार्तिक २०७७, सोमबार

एनपिएस र एनसीएचएलबीच सहकार्य, डिजिटल भुक्तानी इकोसिस्टमलाई थप प्रबर्द्धन गरिने

काठमाडौं ।

नेपाल पेमेन्ट सोलुसन (एनपिएस) र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवर्द्धन गर्ने सम्झौता भएको छ ।

यससँगै कार्तिक ३ गतेबाट एनपिएसको प्रणाली इन्टिग्रेसन भई सञ्चालनमा आएको छ ।

यी दुईबीच भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य गरी नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवर्द्धन गर्न सम्झौता भएको हो ।

उक्त सम्झौता पश्चात् एनपिएसले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी यस भित्र रहेका एनसीएचएल-आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल-टाइम तथा नन-रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्नेछ।

त्यसैगरी, आउने दिनहरुमा एनसीएचएलले एनपिएसका आधुनिक भुक्तानीका संसाधनहरुको पनि प्रयोग गर्न सक्नेछ।

एनपिएस र एनसीएचएल दुबै नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) को अनुमतिपत्र प्राप्त संस्थाहरु हुन् । यसरी दुई पिएसओ बीच सहकार्यको सम्झौता पहिलो पटक भएको हो जसबाट नेपालको भुक्तानी पूर्वधारको क्षेत्रलाई थप विस्तार र अन्तर्बद्धता स्थापनाका लागि बाटो खुल्ला हुने पनि विश्वास गरिएको छ।

easy care

प्रकाशित: ३ कार्तिक २०७७, सोमबार