स्वदेशमै रोजगारी सिर्जना गर्दै रोजगारी डट कम, जनशक्तिलाई आवश्यक तालिम पनि दिँदै

Technology Khabar २ कार्तिक २०७७, आईतवार

स्वदेशमै रोजगारी सिर्जना गर्दै रोजगारी डट कम, जनशक्तिलाई आवश्यक तालिम पनि दिँदै

काठमाडौं ।

विदेशबाट फर्किने नेपाली र स्वदेशमै रहेका युवाहरुलाई रोजगारीका बाटोहरु खुलाउदै समयमै यस समस्याका समाधान गर्नका लागि नेपालमा यूकेएडको सीपको सहकार्यमा रोजगारी डट कम लागि परेको छ।

विशेष गरी प्रदेश २ र प्रदेश ५ का रोजगारी खोजकर्ताहरुलाई लक्षित गर्दै विभिन्न रोजगारीका अवसरहरु सृजना गरिएको छ । नेपलमा करिब ३१ प्रतिशत बेरोजगारीको संख्या रहेपनि दक्ष जनशक्तिका लागि नेपालमै प्रशस्त सम्भावना र रोजगारीहरु रहेका छन् ।

रोजगारी डट कमका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरी भन्छन्, “नेपालमा काम उपलब्ध नभएको होइन प्रशस्तै कामहरु छन् । कामको खोजी गर्ने खोजीकर्ता पनि छन् तर उपलब्ध भएका काम अनुसार दक्ष जनशक्ति भने पाइदैनन् । हाम्रो प्ल्यार्टफर्ममा दैनिक हजार भन्दा बढि रोजगारी खोज्नेहरु आउँछन् तर सीपको अभाव हुँदा सबैले रोजगारी नपाउन सक्छन् । हामी कामको माग अनुसार जनशक्तिलाई आवश्यक तालिम पनि दिँदै आइरहेका छौं ।”

नेपाल समृद्धिको बाटोमा लम्किरहँदा यहाँ नयाँ कलकारखानाहरु खुलीरहेका छन् त्यहाँ त्यत्तिकै कामदारहरुको माग छ । साथै कृषि, निर्माण लगायत अन्य क्षेत्रमा पनि कामदारहरुको माग बढिरहेको छ । र, विभिन्न संघसंस्थाहरु पनि देशमा रोजगारी सृजना गर्न अग्रसर छन् ।

ती मध्ये एक रोजगारी डट कम हो जसले देश विदेशमा लकडाउनका कारणले रोजगारी क्षेत्रमा पर्न आएको असरलाई ध्यानमा राख्दै नेपालीहरुलाई अब स्वदेशमै रोजगारी, तालिम वा स्व-रोजगारीको अवसरहरु प्रदान गर्ने प्रयासमा लागि परिरहेको छ । यसले आफ्नो प्लयाटफर्म मार्फत विदेशमा रहेका वा देशको जुनसुकै कुनामा रहेका नेपालीहरुलाई रोजगारी खोज्न सहज बनाएको छ । मानिसहरुले रोजगारी डट कममा गएर आफ्नो पूरा विवरण भरेर आफुले इच्छाएको स्थानमा रोजगारी, तालिम वा स्व-रोजगारी पाउँन सक्नेछन् ।

रोजगारी डट कमका बिजनेस डाइरेक्टर सञ्जिव निरौला भन्छन्, “हामीसँग ६०० भन्दा बढि रोजगारदाता कम्पनीहरु जोडिनु भएको छ । अझै बढि साझेदारहरु हामीसंग आवद्ध हुने क्रममा हुनुहुन्छ । रोजगारी डट कममा देश तथा विदेशमा रहेका २० हजार भन्दा बढि व्यक्तिहरुले रेजिष्टर गरिसकेका छन् जसमार्फत हामीले पछिल्ला ४ महिनामा ६०० भन्दा बढि रोजगारी खोजकर्ताहरुलाई सफलतापूर्वक प्लेसमेन्ट गरिसकेका छौं । हाम्रो यो अभियान प्रदेश २ र प्रदेश ५ मा केन्द्रित भएपनि हाम्रो सेवा देशभरका सम्पूर्णका लागि उपलब्ध छ । हामीसंग सिकर्मी, डकर्मीदेखि व्यवस्थापनसम्मका रोजगारीहरु छन् । यत्ति भनौं कि हामीसंग हरेक क्षेत्रका लागि रोजगारी छन् ।”

लकडाउनले गर्दा रोजगारी गुमाएका देखि लिएर श्रम बजारमा भर्खरै प्रवेश गरेका फ्रेसरहरुलाई पनि रोजगारी डटकममा विभिन्न अवसरहरु रहेको बताईएको छ। यसका लागि तपाईंले मोबाइल एपलिकेसन, वेव ब्राउजर, रोजगारी पसल, घुम्ती रोजगारी पसलमा भ्रमण गरेर उचित रोजगारी, तालिम वा स्व-रोजगारी हासिल गर्न सक्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २ कार्तिक २०७७, आईतवार

ताजा समाचार