गूगलको पिक्सेल ५ र पिक्सेल ४ए ५जी स्मार्टफोन सार्वजनिक, यस्तो छ फिचरहरु

Technology Khabar १५ आश्विन २०७७, बिहीबार

गूगलको पिक्सेल ५ र पिक्सेल ४ए ५जी स्मार्टफोन सार्वजनिक, यस्तो छ फिचरहरु

काठमाडौं ।

टेक कम्पनी गूगलले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन गूगल पिक्सेल ५ लन्च गरेको छ । नयाँ पिक्सेल फोनका साथमा पिक्सेल ४ए ५जी समेत सार्वजनिक भएको छ ।

दुबै नयाँ स्मार्टफोनहरुमा क्वालकम स्न्यापड्रागन ७६५ जी प्रोसेसर तथा टाइटन एम सिक्योरिटी चिप रहेको छ ।

गूगल पिक्सेल ५

गूगल पिक्सेल ५ स्मार्टफोनमा ६ इन्चको फूलएचडी प्लस ओएलईडी डिस्प्ले राखिएको छ भने यसको स्क्रीनलाई कर्निंग गोरिल्ला ग्लास ६ द्धारा सुरक्षित पारिएको छ । यसको डिस्प्ले रिफ्रेश रेट ९० हर्ज रहेको छ ।

फोनमा ८ जीबीको र्यामका साथमा अक्टा कोर क्वालकम स्न्यापड्रागन ७६५जी प्रोसेसर राखिएको छ । यसको आन्तरिक स्टोरेज १२८ जीबी रहेको छ भने यसमा ड्यूल सिम सपोर्ट राखिएको भएपनि स्टोरेज बढाउन सकिँदैन् ।

फोटोग्राफीका लागि यसमा रियल ड्यूल क्यामरा सेटअप छ जसमा १२.२ मेगापिक्सेलको मुख्य सेन्सर तथा १६ मेगापिक्सेलको सेकेण्डरी सेन्सर राखिएको छ । सेल्फी र भिडियो कलिंगका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

दुबै क्यामराहरुले फोरके भिडियो खिच्न सक्दछ ।

फोनमा रियर फिंगरप्रिन्ट सेन्सर छ भने पावरका लागि ४,०८० एमएएचको ब्याट्री प्याक रहेको छ, जसलाई १८ वा फास्ट चार्जिंग सपोर्ट छ । यो फोन वायरलेस चार्जिंग तथा रिभर्स चार्जिंग दुबै सपोर्ट गर्दछ ।

गूगल पिक्सेल ४ए ५जी

कम्पनीले ल्याएको अर्को स्मार्टफोन गूगल पिक्सेल ४ए ५जी मा भने ६.३ इन्चको फूलएचडी प्लस ओएलईडी डिस्प्ले छ भने यसमा ६जीबी र्याम तथा १२८ जीबी स्टोरेज रहेको छ ।

यसमा पनि पिक्सेल ५ को जस्तै क्वालकमम स्न्यापड्रागन ७६५ ५जी प्रोसेसर छ भने क्यामरा सेटअप पनि समान नै रहेको छ ।

तर यो फोनमा पावरका लागि ब्याट्री प्याक भने ३८०० एमएएचको मात्र रहेको छ ।

दुबै फोनहरु एन्ड्रोयड ११ मा आधारित रहेर संचालन हुनेछन् ।

गूगल पिक्सेल ५ को शुरुवाती मूल्य ६९९ अमेरिकी डलर तोकिएको छ भने पिक्सेल ४ए ५जीको मूल्य ४९९ अमेरिकी डलर तोकिएको छ ।

यी दुबै फोनहरु हाल अमेरिका, बेलायत, क्यानाडा, जर्मनी, फ्रान्स, जापानलगायत ८ देशका बजारमा मात्र उपलब्ध हुनेछन् ।

पिक्सेल ४ए ५जी र पिक्सेल ५ दुबै अक्टुबर १५ तारिखदेखि तोकिएका बजारमा उपलब्ध हुनेछ ।

easy care

प्रकाशित: १५ आश्विन २०७७, बिहीबार

ताजा समाचार