काठमाडौं महानगरको अनलाइन प्रणालीमा २० वटा वडाका ८५० करदाता जोडिए

Technology Khabar ११ आश्विन २०७७, आईतवार

काठमाडौं महानगरको अनलाइन प्रणालीमा २० वटा वडाका ८५० करदाता जोडिए
फाइल

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीबाट राजस्व तिर्न सकिने सुबिधा शुरु गरेको १० दिनको अवधिमा काठमाडौं महानगरका २० वटा वडाबाट ८५० जना करदाताले अनलाइन प्रणालीबाट रकम भुक्तानी गरेका छन् ।

करदाताहरुले महानगरलाई तिर्नु बुझाउनु पर्ने कर राजस्व निर्धारण तथा संकलन प्रणाली प्रयोग गरेर भुक्तानी गरेका हुन् ।

महानगरले यहि असोज १ गतेदेखि वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बट प्रणाली सञ्चालनमा ल्याएको हो ।

सफ्टवेयर सञ्चालन गर्ने प्राबिधिक ज्ञान दिँदै असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ वडामा प्रणाली सञ्चालन गरिएको छ । यस अवधिमा प्रणालीमा जोडिएका करदाताले तिरेको करबाट महानगरले १ करोड ६० लाख रुपैयाँ राजस्व प्राप्त गरेको राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले जानकारी दिए ।

अहिले वडा ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ गरी १२ वटा वडाका कर्मचारीका लागि सो अनलाइन प्रणाली सञ्चालन गर्ने तालिम भइरहेको छ । आज र भोलि २ दिन हुने तालिमपछि पर्सि अर्थात् मंगलबार ती सबै वडामा प्रणाली सञ्चालन गर्ने लक्ष्य छ । यसो भएमा, असोज १ गतेबाट चरणवद्ध रुपमा सञ्चालन थालिएको राजस्व निर्धारण तथा संकलन प्रणालीलाई असोज १३ गतेदेखि सबै वडामा पुग्नेछ ।

easy care

प्रकाशित: ११ आश्विन २०७७, आईतवार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार