भारतमा अक्टुबर १ देखि ड्राइभिङ्ग गर्दा नेभिगेसनको लागि मोबाइल फोन प्रयोग गर्न पाईने

Technology Khabar ११ आश्विन २०७७, आईतवार

भारतमा अक्टुबर १ देखि ड्राइभिङ्ग गर्दा नेभिगेसनको लागि मोबाइल फोन प्रयोग गर्न पाईने

काठमाडौं ।

भारतमा आगामी अक्टुबर महिनादेखि ड्राइभिङ्गको समयमा मोबाइल फोन शर्तसहित प्रयोग गर्न सकिने भएको छ ।

भारतको सडक यातायात र राजमार्ग मन्त्रालयले दिएको जानकारीअनुसार मोबाइल फोन ड्राइभिङ्गको बखत प्रयोग गर्न सकिन्छ, तर यो केवल रुट्स नेभिगेसनको लागि मात्र प्रयोग गरिएको हुनुपर्छ। साथै, सो यस समयमा ध्यान ड्राइभिंगबाट हटाउन पाईनेछैन् ।

नयाँ नियम आगामी  अक्टुबर १ तारिखदेखि लागू हुनेछ जसमा ड्राइभिङ्गसम्बन्धि सबै विषयहरुलाई अनलाइनबाट उपलब्ध गराईनेछ ।

यस बाहेक मन्त्रालयले यो पनि स्पष्ट पारेको छ कि यदि ड्राइभिङ्गको बेला फोनमा कुरा गरिरहेको छ भने, सो चालकलाई भारु१ हजारदेखि भारु ५ हजार सम्म जरिवाना सम्म हुन सक्नेछ।

यसका साथै मन्त्रालयले वेब पोर्टलमार्फत सम्पूर्ण सुबिधाहरु उपलब्ध गराउने भएको छ।

मन्त्रालयले भने कि यसले केन्द्रीय मोटर सवारी नियमहरुमा संशोधन गरेको छ। यस अन्तर्गत, सवारी साधन सम्बन्धी आवश्यक कागजातहरू जस्तै इजाजत पत्र, दर्ता कागजात, फिटनेस प्रमाणपत्र, अनुमतिहरू इत्यादि सरकारद्वारा संचालित वेब पोर्टल मार्फत कायम गर्न सकिनेछ।

कम्पाउन्डिग, इन्म्बाउन्डिंग, एन्डोर्समेन्ट, निलम्बन र इजाजतपत्र खारेजी, ईचालान दर्ता र जारी गर्ने कार्यसमेत सो इलेक्ट्रोनिक पोर्टल मार्फत गरिनेछ।

नयाँ नियमका अनुसार यदि कुनै सवारीसाधन सम्बन्धित कागजातहरू इलेक्ट्रोनिक रूपमा प्रमाणित गरिएको छ भने पुलिस अफिसरहरूले यसको भौतिक प्रतिलिपिको लागि माग गर्न सक्नेछैनन्।

मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘आईटी सेवाहरूको प्रयोग र इलेक्ट्रोनिक अनुगमनले देशमा ट्राफिक नियमहरू पालना गर्न मद्दत पुर्‍याउँछ। यसले ड्राइभरहरूको उत्पीडन वा उत्पीडनको मामिलाहरूलाई कम गर्दछ।’ एजेन्सी

easy care

प्रकाशित: ११ आश्विन २०७७, आईतवार