खाद्य संस्थानको खाद्य सामग्री अनलाइनबाट किनमेल गर्दा खल्तीबाट भुक्तानी गर्न सकिने

Technology Khabar ७ आश्विन २०७७, बुधबार

खाद्य संस्थानको खाद्य सामग्री अनलाइनबाट किनमेल गर्दा खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडौं ।

खल्ती डिजिटल वालेट प्रयोग गर्ने ग्राहकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खरिद गरेको खाद्यान्न लगायतका सामाग्रीको मोवाइल वालेटबाटै भुक्तानी गर्न सक्ने भएका छन् ।

ग्राहकले कम्पनीको nepalfood.gov.np वेबसाइटमा गएर आफूलाइ आवश्यक सामग्री किनमेल गरिसकेपछि भुक्तानी गर्ने बेला खल्ती विकल्प छनौट गर्नु पर्ने छ । त्यसपछि मोवाइल वालेटबाटै भुक्तानी गर्न सकिने छ ।

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले चामल, दाल, कर्णालीको सिमी, गेडागुडी, दूग्ध विकास संस्थानको घ्यु, स्यानिटाइजर, इन्डक्सन चुलोलगायतका सामग्री विक्री गर्दै आएको छ । कम्पनीले अनलाइनमा अर्डर लिएर काठमाडौं उपत्यकामा चक्रपथभित्र होम डेलिभरी समेत दिँदै आएको छ ।

easy care

प्रकाशित: ७ आश्विन २०७७, बुधबार