माइक्रोसफ्टले गेमिङ्ग कम्पनी बेथेस्डाको मूख्य कम्पनी जेनिम्याक्स ७.५ अर्ब डलरमा किन्दै

Technology Khabar ६ आश्विन २०७७, मंगलवार

माइक्रोसफ्टले गेमिङ्ग कम्पनी बेथेस्डाको मूख्य कम्पनी जेनिम्याक्स ७.५ अर्ब डलरमा किन्दै

काठमाडौं ।

टेक कम्पनी माइक्रोसफ्टले बेथेस्डा सफ्टवेयरको मूल कम्पनी तथा भिडियो गेम कम्पनी जेनिम्याक्स मिडिया किन्ने भएको छ। बेथेस्डा संसारभर चर्चित खेल विकास तथा प्रकाशित कम्पनीमध्येमा पर्छ।

माइक्रोसफ्टले ७.५ अर्ब डलरमा बेथेस्डाको मुख्य कम्पनी जेनिम्याक्स किन्ने भएको हो।

जसले लोकप्रिय भिडियो सिरिज एल्डर स्क्रोल, फलआउट, डुम र स्टारफिल्ड लगायतको गेमहरु तयार पारेको थियो ।

बेथेस्डालाई किन्नुको मुख्य कारण यसको राजस्व बढाउनु रहेको जनाइएको छ। एक्सबक्सले वेथेस्डाका गेम फ्रेन्चाईजहरु एक्सबक्स कन्सोल र पिसीमा गेम पास सब्सक्रिप्सनको रुपमा उपलब्ध गराईने बताएको छ ।

यो नयाँ सम्झौतासँगै एक्सबक्स सिरिज एक्सको आकर्षण प्लेस्टेशन ५ भन्दा बढि हुने अपेक्षा गरिएको छ।

बेथेस्डासँगै माइक्रोसफ्टको एक्सबक्स गेम पासको बढुवा हुने विश्वास राखिएको छ। यो गेम पास सुरु भएसँगै सन् २०१७ देखि माइक्रोसफ्टको राजस्वमा वृद्धि भएको छ। गेमपासले यसअघि नै प्लेयरहरुलाई २०० भन्दा बढि गेमहरुमा पहुँच दिईरहेको छ ।

बेथेस्डा विश्वको सबैभन्दा ठूलो निजी अमेरिकी भिडियो गेमिङ विकासकर्ता हो। यसले विगत दुई दशकदेखि जेनिम्याक्स मिडियाको सहायक कम्पनीको रुपमा सेवा पुर्याउँदै आएको छ।

नयाँ खरिदसँगै बेथेस्डाले विकास गरिरहेका गेमहरु कसरी अगाडि जानेछन भन्ने अझै स्पष्ट भएको छैन् । एजेन्सी

easy care

प्रकाशित: ६ आश्विन २०७७, मंगलवार