यूट्युबले ल्यायो टिकटक जस्तै १५ सेकेन्डको भिडियो शेयरिङ एप ‘यूट्युब शर्ट्स’

Technology Khabar ३० भाद्र २०७७, मंगलवार

यूट्युबले ल्यायो टिकटक जस्तै १५ सेकेन्डको भिडियो शेयरिङ एप ‘यूट्युब शर्ट्स’

काठमाडौं ।

गूगलले भारतमा १५ सेकेन्डको छोटो भिडियो शेयर गर्न मिल्ने टिकटकजस्तै यूट्युब शर्ट्स नामक एप्लिकेशनको बिटा भर्जन सार्वजनिक गरेको छ।

यसअघि करिब एक महिना पहिले इन्स्टाग्रामले यस्तै रील्स नामक एप्लिकेशन अमेरिकामा सार्वजनिक गरेर भारतमा समेत विस्तार गरेको थियो।

भारतमा टिकटक प्रतिबन्ध गरिएको र अमेरिकामा समेत समस्या झेलेर कारोबार नै बेच्नुपर्ने अवस्था आएको बेला गूगलले भारत र अमेरिकाजस्ता ठूला बजारमा उपस्थिति जनाउने हिसाबले यो एप्लिकेशन सार्वजनिक गरेको बुझ्न सकिन्छ।

गूगलले यूट्युब शर्ट्सको घोषणा कार्यक्रममा नयाँ क्यामरा तथा केही इडिटिङ टूलहरु पनि छिट्टै आउने खुलासा गरेको छ।

यूट्युब शर्ट्सका भिडियोहरु पनि १५ सेकेन्डका हुने र यूट्युबको होम पेजमै रहेको शर्ट्स शेल्फमा देखिने बताइएको छ। त्यसबाहेक युट्यब एप्लिकेशनहरुमा पनि देख्न सकिने कम्पनीले जाएको छ। यूट्युबमा पनि शर्ट्सका पोस्टहरु देख्न सकिनेछ चार्ली बिट माइ फिङ्गर, गुड मर्निङ याल, लकडाउन ट्रिक शट्स जस्ता भाइरल भिडियोहरुको रिमाइन्डर दिनेछ।

भारतका एण्ड्रोइड यूट्युब प्रयोगकर्ताका लागि क्रिएट बटन नेभिगेशन बारको तलपट्टि लगिएको छ। यसबाट नै यूट्युब शर्ट्स बनाउन सकिनेछ।

यूट्युबका अनुसार आफ्नो फोनमा यूट्युब शर्ट्स उपलब्ध छ कि छैन भनेर थाहा पाउन प्लस आइकन थिचेर भिडियो सेलेक्ट गर्नुपर्छ। त्यसो गर्दा क्रिएट अ शर्ट भिडियो भन्ने देखियो भने त्यसपछि शर्ट्स क्यामेरा एक्सेस गर्न सकिन्छ। शर्ट्स क्यामेरामा मल्टिपल भिडियो क्लिप राख्ने, स्पीड कन्ट्रोल गर्ने तथा भिडियोमा समय र संगीत पनि राख्नेजस्ता विशेषता हुनेछन्।

शर्ट्स क्यामरा एक्सेस गर्न नसकेकाहरुले पनि ६० सेकेन्डसम्मको भर्टिकल भिडियो टाइटल वा डेस्क्रिप्शनमा शर्ट्स ह्याशट्याग राखेर अपलोड गर्न सक्नेछन् जुन भिडियोहरु यूट्युबको होमपेजमा हाइलाइट हुनेछन्।

यूट्युबको ब्लगमा प्रडक्ट म्यानेजमेन्टतर्फका उप प्रमुख क्रिश ज्याफले यूट्युब शर्ट्स छिट्टै नै आईओएस तथा अन्य मुलुकहरुमा पनि उपलब्ध हुने उल्लेख गरेका छन्। त्यस बाहेक शर्ट भिडियो बनाउने क्रममा आवश्यक अरु फिचरहरु थपिने पनि उनको ब्लगमा उल्लेख छ ।

easy care

प्रकाशित: ३० भाद्र २०७७, मंगलवार