पबजी खेल्न रोक्दा भारतमा १७ वर्षीय किशोरद्वारा आत्महत्या

Technology Khabar १८ भाद्र २०७७, बिहीबार

पबजी खेल्न रोक्दा भारतमा १७ वर्षीय किशोरद्वारा आत्महत्या

काठमाडौं ।

भारतको गुजरातमा एक पिताले पबजी खेल्न रोक लगाएपछि १७ वर्षका एक किशोरले आत्महत्या गरेका छन् ।

समाचार एजेन्सी पिटिआईका अनुसार आणंद जिल्लाको सुरेली गाउँमा बस्ने यी किशोर ११ कक्षामा पढ्थे ।

उमरेठी पुलिस स्टेशनका एसआई पिके सोढाले समाचार एजेन्सी पिटिआईसँगको कुराकानीमा मंगलबार दिउँसोको समयमा किशोरले आफ्नो खेतमा गएर किटनाशक पिए ।

पिके सोढाले भने, ‘किशोरका पिता शिक्षक हुन् । उनले छोरालाई घण्टौं मोबाइलमा पबजी खेलेको भन्दै गाली गरेका थिए र उनको फोन खोसेका थिए ।’

उनका अनुसार किशोर यसकारण तनावमा थिए र उनले आफ्नो खेतमा गएर किटनाशक खाए। प्रहरीका अनुसार किशोरका परिवारलाई उनले किटनाशक पिएको त्यतिबेला थाहा भयो जब उनले घर आएर बान्ता गर्न थाले । उनलाई तुरुन्त अस्पताल लगियो तर उनको ज्यान जोगाउन सकिएन ।

प्रहरीले आकस्मिक मृत्युको घटना दर्ता गरेको छ । बीबीसी

easy care

प्रकाशित: १८ भाद्र २०७७, बिहीबार