एक सय १२ थान मोबाइल र एसेसरिजसहित दुई भारतीय सोल्टीमोडबाट पक्राउ

Technology Khabar १० भाद्र २०७७, बुधबार

एक सय १२ थान मोबाइल र एसेसरिजसहित दुई भारतीय सोल्टीमोडबाट पक्राउ

काठमाडौं ।

प्रहरीले काठमाडौं महानगरपालिका १४ सोल्टी मोडबाट बील नभएका विभिन्न ब्राण्डका मोबाइलसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत राजस्थान लक्ष्मणगढ घर भई काठमाडौँ ओमवहाल बस्ने ३६ वर्षीय राकेशकुमार र भारत राजस्थान सिमर घर भएका ५२ वर्षीय वनवारी चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

उनीहरुको साथबाट १ सय १२ थान मोबाइल, ३ सय २० पिस विभिन्न मोबाइल डिस्प्ले, ५ सय ९३ थान विभिन्न ब्राण्डको ब्याट्री, १९ हजार ५ सय थान घडीको ब्याट्री, छ हजार थान क्यालकुलेटर र पाँच थान मोबाइल डिस्प्ले बोर्ड बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

उक्त घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

easy care

प्रकाशित: १० भाद्र २०७७, बुधबार

ताजा समाचार