ह्वावेका हालका स्मार्टफोनहरुमा एन्ड्रोइड र गूगलका सेवाहरुको अपडेट निरन्तर पाईने

Technology Khabar ५ भाद्र २०७७, शुक्रबार

ह्वावेका हालका स्मार्टफोनहरुमा एन्ड्रोइड र गूगलका सेवाहरुको अपडेट निरन्तर पाईने

काठमाडौं ।

चिनियाँ टेक कम्पनी ह्वावेले आफ्ना हालका सबै स्मार्टफोनहरुमा गूगलको एन्ड्रोयड अपडेटमा कुनै समस्या नरहेको बताएको छ ।

कम्पनी एन्ड्रोयड सेक्यूरिटी अपडेटका साथै गूगल मोबाइल सर्भिसका सबै सेवाहरु हालका डिभाइसमा उपलब्ध रहेको बाएको छ ।

ह्वावेको डिभाइसहरुको लागि जनरल लाइसेन्स डिल गत साता समाप्त भएको थियो ।

यसको अर्थ कम्पनीका डिभाइसहरुमा नयाँ अपडेट यूजर्सलाई दिन असमर्थ हुनेछ । जसको बारेमा ह्वावेका डिभाइस प्रयोगकर्ताहरुले हालै चासो राखेका छन् ।

उनीहरुको जिज्ञासाको जवाफ दिँदै ह्वावेले हालका डिभाइसहरुमा कुनै प्रभाव नपरेको बताएको हो । कम्पनीले नोभा ५टी यूजर्सले ट्विटरमा सोधेको जिज्ञासाको उत्तर दिँदै निरन्तर सेक्यूरिटी सफ्टवेयर अपडेट आफ्ना डिभाइसहरुमा दिने बताएको हो ।

यो क्रम यसअघिको जस्तै नै रहेको स्पष्ट समेत पारेको छ ।

यसको अर्थ अहिले बजारमा उपलब्ध रहेको ह्वावेका सबै डिभाइसहरुमा एन्ड्रोयड सफ्टवेयर तथा सेक्यूरिटी अपडेट दुबै उपलब्ध हुनेछ । एजेन्सीका साथ

easy care

प्रकाशित: ५ भाद्र २०७७, शुक्रबार