सामाजिक सञ्जाल फेसबुकमा नक्कली आईडी बनाएर ठगी गर्ने एकजना युवक पक्राउ

Technology Khabar ३२ श्रावण २०७७, आईतवार

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आईडी बनाएर ठगी गर्ने एकजना युवक पक्राउ

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गरेको आरोपमा कास्की जिल्लाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर-३ नदिपुर बस्ने २१ वर्षीय रोशन हमाल ठकुरी भन्ने रोशन हमाल रहेका छन् । विभिन्‍न व्यक्तिहरुको नक्कली फेसबुक आईडी बनाएर हमालले ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

वीरगञ्जस्थित एक बैङ्कमा कार्यरत वरिष्ठ अधिकारीको नामको नक्कली फेसबुक आईडी बनाएर हमालले सोही बैङ्कमा कार्यरत अर्का एक कर्मचारीलाई विश्वासमा लिएर एक लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।

प्रहरीकाअनुसार हमाललाई ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुरमा सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

हमाल यसअघि पनि विद्युतीय कारोबार ऐन अन्तरगत नौ महिना थुनामा बसेको र सार्वजनिक अपराध मुद्दामा ५ हजार धरौटी तिरेर छुटेको खुल्न आएको प्रहरीले जनाएको छ ।

easy care

प्रकाशित: ३२ श्रावण २०७७, आईतवार