हाम्रो किबोर्डको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताले बोलेरै टाइप गर्न सकिने सुबिधा

Technology Khabar २९ श्रावण २०७७, बिहीबार

हाम्रो किबोर्डको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताले बोलेरै टाइप गर्न सकिने सुबिधा

काठमाडौं ।

हाम्रो पात्रो एपले बोलेरै टाइप गर्न सकिने गरी हाम्रो ‘नेपाली किबोर्ड’ एपको नयाँ संस्करण जारी गरेको छ ।

रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरीमा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ ले ताजा अपडेट सार्वजनिक गरेको छ।

नयाँ संस्करणमा आएको नयाँ फिचरले प्रयोगकर्ताले बोलेको नेपाली शब्दलाई (भ्वाइस टाइपिङ) नेपाली अक्षरमा टाइप गरिदिनेछ । ताजा अपडेटमार्फत स्मार्ट फोन एप्लिकेशनको कुनै पनि नेपाली संस्करणमा यस्तो सुबिधा दिने पहिलो एप्लिकेशन बनेको छ । यसले प्रयोगकर्ताले बोलेको नेपाली भाषालाई बुझेर (भ्वाइस टाइपिङ) फीचर मार्फत टाइप गरिदिनेछ।

नयाँ फिचर प्रयोगका लागि प्रयोगकर्ताले हाम्रो नेपाली कीबोर्डको अपडेटेड संस्करण प्रयोग गर्नुपर्नेछ ।

नयाँ अपडेटसँगै बोलेर कुनैपनि विषय सामाजिक सञ्जालमा पोष्ट गर्न, स्टाटस, प्रतिक्रिया, ट्वीट, च्याट आदि गर्न सक्नुहुनेछ।

भ्वाइस टाइपिङको सहयोगले बोलेकै भरमा तपाईंको फोनले जुनसुकै प्लेटफर्ममा नेपालीमा लेखिदिनेछ। यस सुविधाको कारण नेपाली टाइप गर्न अप्ठ्यारो मान्ने प्रयोगकर्ताहरूले समेत पूर्ण रुपमा नेपाली टाइप गर्न सक्नुहुनेछ। यसमा शुद्ध नेपाली शब्दको विकल्प देखिनुका साथै टाइपिङ गरिरहनुपर्ने कारणलाई पनि घटाउने छ।

टाइपिङमा आवश्यक्ता अनुसार सजिलोका लागि किबोर्डको आकार बढाउने सुविधायुक्त ताजा अपडेट प्राप्त गर्नका लागि हाम्रो ‘नेपाली किबोर्ड’ को नयाँ भर्सन गुगल प्ले स्टोरमा गएर अपडेट गर्न सकिनेछ।

मोबाइल अनुसार, टाइपिङ गति तथा औंलाको अवश्यकता अनुसार किबोर्डको आकार चाहे जस्तो सानो या ठूलो बनाउन सक्ने सुबिधा समेटिएको छ नयाँ अपडेटमा। जसको सहयोगले प्रयोगकर्ताहरुले हाम्रो किबोर्ड मार्फत् सजिलै टाइप गर्न सक्नेछन्।

भ्वाइस टाइपिङको सहयोगमा बोलेकै भरमा प्रयोगकर्ताको फोनले जुनसुकै प्लेटफर्ममा नेपालीमा लेखिदिन सक्ने कम्पनीले जानकारी दिएको छ । यसले नेपाली टाइप गर्न अप्ठ्यारो मान्ने प्रयोगकर्तालाई सहज हुने अपेक्षा कम्पनीले गरेको छ ।

easy care

प्रकाशित: २९ श्रावण २०७७, बिहीबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार