राष्ट्रिय आविष्कार केन्द्रलाई बेबी वार्मर बनाउन ज्योति विकास बैंकको ८ लाख रुपैयाँ सहयोग

Technology Khabar २६ श्रावण २०७७, सोमबार

राष्ट्रिय आविष्कार केन्द्रलाई बेबी वार्मर बनाउन ज्योति विकास बैंकको ८ लाख रुपैयाँ सहयोग

काठमाडौं ।

राष्ट्रिय आविष्कार केन्द्रलाई ज्योति विकास बैंकले ८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बैंकले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रबर्द्धन कोषमार्फत सो रकम दिने गरी सम्झौता भएको हो ।

बैंकको १२औं वार्षिकोत्सवको अवसर पारेर सो सम्झौता भएको हो ।

आविस्कार केन्द्रलाई न्यानो नानी बेबी वार्मर सम्बन्धी परियोजनामा सहकार्य गर्ने उद्धेश्यले सो सहयोग गर्ने सम्झौता भएको हो।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा. महावीर पुनले हस्ताक्षर गरेका हुन् ।

बैंकले १० वटा बेबी वार्मर बनाउनको लागि सो रकम सहयोग गर्ने भएको हो । बैंकले सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको जनाएको छ ।

easy care

प्रकाशित: २६ श्रावण २०७७, सोमबार