माइक्रोसफ्टले कोर्टाना असिस्टेन्टको आईओएस र एन्ड्रोइड एप बन्द गर्दै

Technology Khabar १९ श्रावण २०७७, सोमबार

माइक्रोसफ्टले कोर्टाना असिस्टेन्टको आईओएस र एन्ड्रोइड एप बन्द गर्दै

काठमाडौं ।

माइक्रोसफ्टले यसको कोर्टाना असिस्टेन्टको बारेमा पुनः विचार गरिरहेको छ । कम्पनीले यसको हालको आईओएस र एन्ड्रोइड एपहरू बन्द गर्ने घोषणा गरेको छ ।

हर्मन कार्डोन स्मार्ट स्पीकरको लागि कोर्टाना सपोर्ट समाप्त गर्दैछ, र मूल सन् २०२१ मा आउने सर्फेस स्मार्ट हेडफोनहरुको पहिलो जेनरेशनबाट कोर्टाना कार्यलाई समेत हटाउने भएको छ ।

यी परिवर्तनहरु हुन अझै केहि समय लाग्नेछ तर कम्पनीको यो निकै महत्वपूर्ण कदमले बजारमा रहेका प्रतिस्पर्धीहरु गूगल असिस्टेन्ट र एलेक्साबाट कोर्टानलाई निकै टाढा गराउँदै अधिक विशिष्टिकृत र उत्पादक बनाउँदैछ ।

यसको सट्टामा माइक्रोसफ्ट आफ्नो उत्पादकत्व सुविधाहरूमा केन्द्रित हुनेछ जसले कोर्टानालाई सफ्टवेयरको माइक्रोसफ्ट ३६५ सुटको एक हिस्साको रूपमा पुनः निर्माण गर्दछ ।

जसमा सुधार गरिएको विण्डोज १० का कार्यहरू तथा आउटलुक र टिम्स अनुप्रयोगहरूमा एकीकृत कोर्टाना सुविधाहरूलाई प्रतिस्थापनको गर्नेछ ।

easy care

प्रकाशित: १९ श्रावण २०७७, सोमबार