Technology Khabar १५ श्रावण २०७७, बिहीबार
काठमाडौं ।
अमेजनका मालिक जेफ बेजोसकी भूतपूर्व पत्नी म्याकेन्जी स्कटले हालसम्म विभिन्न चन्दा र दानहरुमा १.७ अर्ब डलर दिईसकेको बताएकी छिन्।
उनले ऐतिहासिकरुपमा ब्ल्याक अमेरिकी कलेज, जलवायु परिवर्तन समूह र स्वास्थ्य संगठनहरुलाई चन्दा दिएकी हुन्।
स्कटले सोशल मीडियामा उपहारहरूको बारेमा पोस्ट गर्छिन्, उनले आफ्नो थर बेजोस हटाएर स्कट राखेको जानकारी समेत सार्वजनिक गरेकी छिन् ।
फोर्ब्सका अनुसार उनी ६४ अर्ब डलर भन्दा बढी सम्पत्तिका साथ विश्वमै दोस्रो सबैभन्दा धनी महिला हुन्।
उनी र बेजोसको गत वर्ष सम्बन्ध विच्छेद भएको थियो ।
गत वर्ष स्कटले बेजोसबाट सम्बन्ध विच्छेद गरेपछि उनको भागमा आएको सम्पत्तिको अधिकांश सम्पत्ति दान गर्ने प्रतिबद्धतामा गरेकी थिईन् । विश्वको धनी व्यक्ति बेजोसले उनलाई अमेजनमा ४ प्रतिशत हिस्सा दिएका थिए ।
‘धेरैजना जस्तै, मैले २०२० को पहिलो अर्ध वार्षिकमा हर्टब्रकिङ्ग र डरलाग्दो मिश्रणले हेरेँ,’ उनले मिडियममा ब्लग पोस्टमा लेखिन्।
सम्बन्ध विच्छेदको समयमा उनको सम्पत्ति करीब ४४ अर्ब डलर थियो। यस वर्ष अमेजनको सेयरमा वृद्धिभएसँगै उनको भाग्य ६० अर्ब डलरभन्दा बढी पुगेको छ। एजेन्सीका साथ
प्रकाशित: १५ श्रावण २०७७, बिहीबार