यूएईको ऐतिहासिक पहिलो अन्तरिक्ष अभियान, ‘होप प्रोब’ ले मंगल ग्रहको वातावरण अध्ययन गर्ने

Technology Khabar ५ श्रावण २०७७, सोमबार

यूएईको ऐतिहासिक पहिलो अन्तरिक्ष अभियान, ‘होप प्रोब’ ले मंगल ग्रहको वातावरण अध्ययन गर्ने

काठमाडौं ।

मध्यपूर्वी देश संयुक्त अरब ईमिरेट्स(यूएई)ले मंगल ग्रहको लागि आफ्नो ऐतिहासिक पहिलो अभियान जापानमा सफल प्रक्षेपणसँगै शुरु गरेको छ ।

जापानको तानेगासिमा स्पेसपोर्टबाट एचटू ए रकेटमा होप प्रोब नामक अन्तरिक्ष यान लन्च गरिएको हो र यसले ग्रहको वातावरण र मौसम अध्ययन गर्न गर्नेछ ।

यो होप प्रोब ५० करोड किलोमिटरको यात्रामा रहेको छ।

गत हप्तामा सो अभियानअन्तरगत प्रक्षेपण गर्न अघिल्लो दुई प्रयासहरू प्रतिकूल मौसमको कारण रद्द गर्नुपरेको थियो।

आगामी सन् २०२१ को फेब्रुअरीमा होपको युएईको गठनको ५० औं वार्षिकोत्सव हुँदैछ ।

युएईको यो यान यस महिनामा नै मंगल ग्रहमा जाँदै गरेको तीन अभियान मध्ये एक हो।

अमेरिका र चीन दुबैसँग मंगलको सतहमा चलाउने रोभरहरू तयारीको अन्तिम चरणमा छन्।

अमेरिकी मिसनले होपलाई बधाई पठाएको थियो । ‘यो यात्रामा तिमिसँग सामेल हुन म कुर्न सक्दिन,’ मिसनको ट्विटर एकाउन्टमार्फत भन्यो ।

यूएईले अमेरिकी वैज्ञानिकहरुको सहयोगमा केबल ६ वर्षमा नै सो अन्तरिक्ष यान तयार पारेको हो । एजेन्सीका साथ

easy care

प्रकाशित: ५ श्रावण २०७७, सोमबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार