टिकटक माथि प्रतिबन्धपछि भारतमा निकै लोकप्रिय रहेको चिंगारी एपमा सुरक्षा कमजोरी

Technology Khabar २८ असार २०७७, आईतवार

टिकटक माथि प्रतिबन्धपछि भारतमा निकै लोकप्रिय रहेको चिंगारी एपमा सुरक्षा कमजोरी

काठमाडौं ।

छोटो भिडियो शेयरिङ्ग गर्ने चिनियाँ एप टिकटक माथिको प्रतिबन्धपछि भारतमा निकै लोकप्रिय रहेको चिंगारी एपमा एक ठूलो त्रुटि रहेको पत्ता लागेको छ ।

भारतमा दिनप्रतिदिन यसका प्रयोगकर्ताहरुको संख्या बढिरहेको भएपनि यसको सेक्यूरिटीमा कमजोरी भेटिएको हो ।

हालै आएको एक रिपोर्टअनुसार यस अनुप्रयोगको सुरक्षामा समस्या छ, जसले सजिलै प्रयोगकर्ताको खाता ह्याक गर्न वा हाईज्याक गर्न सक्छ। यस्तो गर्नको लागि ह्याकरले प्रयोगकर्ताको सूचना मात्र थाहा पाए हुनेछ, त्यसपछि उसले आफ्नो एकाउन्टबाट नै भिडियो पनि अपलोड गर्न सक्दछ।

दि ह्याकर्स न्यूजले आफ्नो रिपोर्टमा यस बारेको भिडियो शेयर गरेर, यो त्रुटि पत्ता लगाएको हो । यसले कसरी सजिलैसँग एकाउन्ट ह्याक गर्न सकिन्छ भनेर पनि देखाउँदछ।

साइबर सुरक्षा फर्म ईनकोडमा काम गर्ने गिरीश कुमारले ह्याकर्स न्यूजलाई बताएअनुसार चिंगारी एपले प्रयोगकर्ताको प्रोफाइलको बारेमा जानकारी प्राप्त गर्न र्याण्डम जेनेरेट गरिने आईडी प्रयोग गर्दछ। कुमारले एउटा भिडियो साझेदारी गरेका छन् जसले एचटीटीपी अनुरोधमा ह्याकरले कसरी प्रयोगकर्ताको आईडी बदल्छ भनेर देखाउँदछ, जसले गर्दा उसले प्रयोगकर्ताको एकाउन्टमा पहुँच प्राप्त गर्न सक्दछ।

एकाउन्टमा एक पटक पहुँच पाएपछि, ह्याकरले एकाउन्टको सबै जानकारी परिवर्तन गर्न सक्दछ, साथै भिडियोहरू पनि अपलोड गर्न सक्दछ।

यसका साथै चिंगारी एपको नयाँ भर्सन अपडेट गर्न सुझाब दिईएको छ । एजेन्सीका साथ

easy care

प्रकाशित: २८ असार २०७७, आईतवार

ताजा समाचार