ढुवानी ब्यवसायलाई स्मार्ट बनाउँदै ई-ट्रान्सपोर्टेसन सेवाको एक बर्ष पुरा

Technology Khabar १८ असार २०७७, बिहीबार

ढुवानी ब्यवसायलाई स्मार्ट बनाउँदै ई-ट्रान्सपोर्टेसन सेवाको एक बर्ष पुरा

काठमाडौं ।

नेपालको ढुवानी ब्यवसायलाई स्मार्ट बनाउन सुरु गरिएको ई-ट्रान्सपोर्टेसन सर्भिसले सेवाको एक वर्ष पूरा गरेको छ। इ ट्रान्सपोर्टेसनले ढुवानी व्यवस्थापन र ‘भेइकल ब्रेकडाउन सर्भिस’ को सेवा दिँदै आएको छ।

बेलायतमा आइटी ब्यवसाय गर्दै आएका सन्तोष मण्डलले एक बर्ष अगाडि मोबाइल एप मार्फत नेपालभर ढुवानी यातायात ब्यवस्थित गर्न र राजमार्गमा बिग्रिएका सवारीसाधनलाई तुरुन्त मर्मत सेवा दिने उद्देश्यले ई-ट्रान्सपोर्टेसन सर्भिस सुरु गरेका हुन्।

पहिलो एक बर्षमा ४ हजार ५ सय ३६ ट्रक र १०३ निजी फ्याक्ट्री ई-ट्रान्सपोर्टेसनमा आवद्ध भएका छन्। त्यस्तै मुख्य राजमार्गका १७३ ग्यारेज आवद्ध भएका छन जसले समस्यामा परेका सवारीलाई मर्मतको सुबिधा दिँदै आएका छन्।

मण्डल भन्छन्, ‘ई-ट्रान्सपोर्टेसन सर्भिस् डिजिटल प्लेटफर्म भएकाले ढुवानी यातायात धनीलाई छिटो र ब्यवस्थित कामका लागि सजिलो बनाउंछ । भेइकल ब्रेकडाउन सर्भिस अन्तर्गत मुख्य राजमार्गहरुमा कुनै पनि सवारी साधन बिग्रियो भने मर्मतका लागि मेकानिक पठाएर सेवा प्रदान गर्छ।’

सवारी धनिरचालकले मोबाइलमा नेपाल इटीयस (NepalEts) टाइप गरि ई-ट्रान्सपोर्टेसनको एप डाउनलोड गरेर आफ्नो सवारी दर्ता गरि सेवा लिन सक्छन। सेवा लिन निश्चित बार्षिक शुल्क तिर्नु पर्ने हुन्छ। राजमार्गमा समस्यामा परेकालाई कम शुल्कमा सेवा दिन सफल भएको मण्डलको दावी छ। दर्ता भएका ग्राहकले मोबाइल एप सँगै ९८५७०७७७८८ मा सिधै फोन गरेर पनि मर्मतको सेवा लिन सक्छन्।

बेलायतमा बसेर काम गरिरहँदा नेपालका लागि केही गरौ भन्ने लामो हुटहुटीले यो ब्यवसाय जन्मेको मण्डलको भनाइ छ। बेलायतमा सिकेको सीप नेपालमा सदुपयोग गर्न पाएकोमा मण्डलले खुशी व्यक्त गरे।

नेपाल ट्रक यातायात ब्यवसायी महासंघ लगायत विभिन्न ब्यवसायी समिती र संघले समन्वय गरि ढुवानी यातायात ब्यवसायलाई स्मार्ट बनाउने अभियानमा सहयोग गरेको मण्डलले जानकारी दिए।

easy care

प्रकाशित: १८ असार २०७७, बिहीबार

ताजा समाचार