जापानी स्टार्टअप कम्पनीले बनायो स्मार्ट फेस मास्क, फोन कल र भाषा अनुवाद गर्न सकिने

Technology Khabar १४ असार २०७७, आईतवार

जापानी स्टार्टअप कम्पनीले बनायो स्मार्ट फेस मास्क, फोन कल र भाषा अनुवाद गर्न सकिने

काठमाडौं ।

कोरोनाभाइरसको महामारीलाई ध्यानमा राखेर जापानको एउटा कम्पनीले अनुहारमा लगाउने अत्याधुनिक मास्क तयार गरेको छ। सो अत्याधुनिक मास्कमा ब्लुटुथसमेत जडान गरिएको छ।

जापानी कम्पनीले बनाएको स्मार्ट फेस मास्कबाट मेसेज पठाउन सकिने, फोन कल गर्न सकिने तथा जापानी भाषाबाट अन्य विभिन्न ८ भाषामा अनुवादसमेत गर्न सकिन्छ ।

स्टार्टअप कम्पनी डोनट रोबोटिक्सले तयार गरेको सो मास्कको नाम सि-मास्क(C-Mask) राखेको छ, सेतो प्लास्टिकबाट बनेको उक्त मास्कमा ब्लुटुथ कनेक्सन रहेको छ । यो स्ट्याण्डर्ड मास्कमाथि फिट हुन्छ र यसमा भएको ब्लुटुथबाट मोबाइल फोन, ट्याबलेट एपमा कनेक्ट गर्न सकिन्छ ।

सो एपले बोलीलाई शव्दमा रुपान्तरण गर्दछ भने सो मास्कको एपले व्यक्तिले बोलेको शव्दको आवाजलाई समेत ठूलो बनाइदिन्छ।

सो मास्कको सुरुवाती मूल्य ४० अमेरिकी डलर तोकिएको छ। आगामी सेप्टेम्बरदेखि यो मास्कको व्यवसायिक उत्पादन सुरु हुने र सुरुवातति चरणमा ५ हजार थान जापानको बजारमा पठाइनेछ । भविष्यमा उक्त मास्क चीन, युरोप तथा अमेरिका लगायतका बजारमा समेत बिक्रि गर्ने लक्ष्य कम्पनीको छ ।

कम्पनीका सिइओ ताइसुके ओनोले भने, ‘हामीले वर्षौंको कडा मिहिनेतबाट रोबोटको विकास गर्यौँ । अहिले कोरोना भाइरसले परिवर्तन गरिदिएको समाजमा अनुकुलित हुनका लागि हामीले अब सोही प्रविधिको प्रयोग गरी यो मास्क तयार गरेका छौँ ।’

उनले सो मास्कको लागि प्रयोग गरिने एपमा सब्सक्रिप्सन सर्भिस दिएर आम्दानी गर्ने योजना लिएको बताए । एजेन्सीका साथ

easy care

प्रकाशित: १४ असार २०७७, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार