सरकारले आंशिकरुपमा लकडाउन खुला गरेपनि औसत भन्दा ११ प्रतिशत बढि नेपाली घरभित्रै

Technology Khabar १३ असार २०७७, शनिबार

सरकारले आंशिकरुपमा लकडाउन खुला गरेपनि औसत भन्दा ११ प्रतिशत बढि नेपाली घरभित्रै

काठमाडौं ।

लकडाउनको समयमा अझैपनि सामान्य अवस्थाको भन्दा ११ प्रतिशत बढि मानिसहरु घरभित्रै बसिरहेका छन् । हालै गूगलले सार्वजनिक गरेको कोभिड १९ कम्युनिटी मोबिलिटी रिपोर्टका सामान्य अवस्थाको तुलनामा ११ प्रतिशत बढि मानिसहरु घरमा नै रहेका छन् ।

गूगलले आफ्नो गूगल म्याप्सको लोकेसन हिस्ट्रिको आधारमा मासिकरुपमा यस्तो डाटा प्रकाशन गर्ने गर्दछ ।

कम्पनीले हालै सार्वजनिक गरेको मे १२ तारिखदेखि जून २३ तारिखसम्मको डाटाअनुसार सामान्य अवस्थाको तुलनामा अझैपनि मानिसहरु रेष्टुरेन्ट, क्याफे तथा घुमघामका लागि जानेहरु ३५ प्रतिशत कम रहेका छन्।

त्यसैगरि सो अवधिमा तरकारी तथा खाद्यान्न किनमेलको लागि र औषधि खरिदको लागि सुपरमार्केट र फार्मेसी जानेहरुको संख्या औसतभन्दा अझै १७ प्रतिशत न्यून रहेको छ ।

त्यसैगरि पार्क तथा खुला स्थानहरुमा भ्रमणको लागि जाने नेपालीहरुको संख्या पनि अझै २१ प्रतिशतले कमी रहेको गूगलले देखाएको छ ।

तथ्यांकअनुसार सार्वजनिक यातायातको साधन प्रयोग गर्नेहरु अझैपनि औसतभन्दा ३६ प्रतिशत कम छन भने कार्यस्थलमा काम गर्न जानेहरुको संख्या पनि ३४ प्रतिशतले कम छ । यसको अर्थ मानिसहरु अझै नियमितरुपमा काममा जान सकिरहेका छैनन् ।

2020-06-23_NP_Mobility_Report_en-GB
easy care

प्रकाशित: १३ असार २०७७, शनिबार

ताजा समाचार