चीनको अनलाइन रिटेलर जेडी डटकमले हंगकंग स्टकबाट ४ अर्ब डलर उठायो

Technology Khabar ४ असार २०७७, बिहीबार

चीनको अनलाइन रिटेलर जेडी डटकमले हंगकंग स्टकबाट ४ अर्ब डलर उठायो

काठमाडौं ।

चीनको दोस्रो सबैभन्दा ठूलो अनलाइन रिटेलर जेडी डटकमले बिहीबार हंगक‌ंग स्टक एक्सचेन्जमा प्रवेश गरेपछि लगभग ४ अर्ब डलर उठाउन सफल भएको छ ।

यसको सेयर मूल्य सूचीकरणपछि ५ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । यसका साथमा यो बर्षको दोस्रो सबैभन्दा ठूलो सेयर बिक्रीको रुपमा अंकित भएको छ ।

चिनियाँ कम्पनीहरूमा अमेरिकाको दबाब बढ्दै जाँदा यी दुई अर्थतन्त्रबीच तनाव बढेको छ जसले यो कदम चाल्नुपर्ने भएको हो ।

यसअघि जेडि डटकमका भाइस प्रेसिडेन्टले एक अन्तरवार्तामा शेयर सूचीकरण कम्पनीको लागि ठूलो कुरा भएको बताएका थिए । एजेन्सीकासाथ

easy care

प्रकाशित: ४ असार २०७७, बिहीबार