सामसङले ग्यालेक्सी वाच प्रयोगकर्ताका लागि ‘ह्याण्ड वास’ एप बनायो, नियमित हात धुन सम्झाउने

Technology Khabar २१ जेष्ठ २०७७, बुधबार

सामसङले ग्यालेक्सी वाच प्रयोगकर्ताका लागि ‘ह्याण्ड वास’ एप बनायो, नियमित हात धुन सम्झाउने

काठमाडौं ।

सामसङले आफ्नो ग्यालेक्सी वाच प्रयोगकर्ताहरुका लागि नयाँ हात धुने एप ‘ह्याण्ड वास’ सार्वजनिक गरेको छ । यसको डिजाइन वेयरेबल गियर्स र स्मार्टवाचहरूको गरिएको छ ।

यो हात धुने एपले दिनभर नियमित अन्तरालमा आफ्ना हात धुनका लागि प्रयोगकर्तालाई सम्झाउँदछ।

कम्पनीले युनिभर्सिटी कलेज लन्डनको २०२० अध्ययनअनुसार दिनको छ देखि १० पटक सम्म हात धुनु उपयुक्त भएको बताएको छ भने शौचालय गए पछाडि र खानु अगाडिअगाडी हात धनुपर्ने उल्लेख गरेको छ ।

यसको अलार्म प्रत्येक दुई घण्टा वा त्यसलाई तपाईंले आफैं समय थप्न वा परिमार्जन गर्न सक्नुहुन्छ । जतिबेला तपाईं सिंकमा वा बेसिनमा पुग्नुहुन्छ डिभाइसलाई स्वाइप गर्दा २५ सेकेन्डको काउन्टर शुरू हुनेछऽ जसमा साबुन लगाउनका लागि पाँच सेकेन्ड र  रगडेर धुनका लागि २० सेकेण्ड तोकिनेछ ।

सामसङका सबै ग्यालेक्सी वाचहरु वाटरप्रुफ भएको हुँदा यसलाई फुकाल्नुपर्ने आवश्यकता पर्दैन् ।

easy care

प्रकाशित: २१ जेष्ठ २०७७, बुधबार

ताजा समाचार